काठमाण्डौ । प्रभू इन्स्योरेन्सले बिक्री नभएको ४८ हजार १ सय २२ कित्ता हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । बिक्री नभएको हकप्रद आगामी जेठ ३१ गतेदेखि सर्वसाधारणका लागि लिलामीमा राखिने भएको हो । 

यो बिमा कम्पनीले मंगलबार एक सूचनामार्फत बिक्री नभएका ४२ हजार ७ सय ८८ कित्ता साधारण र ५ हजार ३ सय ३४ कित्ता संस्थापक सेयर लिलामी गर्न लागिएको बताएको हो । 

कम्पनीले चैत ३० गतेबाट २ बराबर १ को अनुपातमा हकप्रद निश्कासन गरेको थियो । सेयरधनीले खरीद नगरेपछि बिक्रीका लागि लिलामीमा राख्न लागिएको हो । 

लिलामीका लागि असार ७ गतेसम्म आवेदन दिन सकिनेछ । लिलामीको नतिजा असार ९ गते सार्वजनिक गरिनेछ । 

लिलामीमा सहभागी हुन चाहने लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँ प्रतिकित्ताको दरले मूल्य राख्नुुपर्नेछ र एकजनाले न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्नेछ । 

प्रभूू क्यापिटल लिमीटेडले लिलामीको प्रक्रियामा बिक्री प्रबन्धकको काम गर्नेछ । प्रभूू क्यापिटलको कमलादीस्थित मुख्य कार्यालयमा गएर इच्छुकले लिलामीका लागि बिड गर्न सक्नेछन् । 

यो बिमा कम्पनीले चालुु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १० करोड ६३ लाख खूद नाफा आर्जन गरेको छ । सोमबार यो कम्पनीको अन्तिम कारोबार मूल्य प्रति कित्ता १ हजार १ सय रुपैयाँ थियो।