काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजारमा झिनो अंकको गिरावट आएको छ ।

नेप्से परिसूचक १.९३ प्रतिशतले घटेर २ हजार ६८ विन्दुमा कायम भएको छ । नेप्सेमा रहेका १३ उपसमूहमध्ये ६ उपसमूहमा हरियाली छाएको छ भने बाँकी ७ वटा उपसमूह राताम्य भएका छन् ।

बीमा समूहका दुई उपसमूहमा निर्जीवन बीमा उपसमूह ०.२२ प्रतिशतले बृद्धि भएको छ, भने जीवन बीमा उपसमूह ०.३६ प्रतिशतले घटेको छ । 
आज सर्वाधिक सेयरभाउ बढ्ने बीमाकम्पनीमा हिमालयन एभरेष्ट इन्स्योरेन्स छ । कम्पनीको सेयरभाउ ४.२४ प्रतिशतले बढेर ६४४ रुपैयाँ ५० पैसा पुगेको छ । 

 

त्यस्तै, प्रभु महालक्ष्मी लाइफको ३.७८ प्रतिशत, युनाइटेड अजोड इन्स्योरेन्सको ३.७६ प्रतिशत, प्रभु इन्स्योरेन्सको २.३४ प्रतिशत, सानिमा जीआईसीको २.२९ प्रतिशत, सन नेपाल लाइफको १.८२ प्रतिशत, एनएलजी इन्स्योरेन्सको १.७५ प्रतिशतले सेयरभाउ बढेको छ । 

त्यस्तै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १.५७ प्रतिशत, सिटिजन लाइफको ०.७० प्रतिशत, आइएमई लाइफको ०.५० प्रतिशत, एशियन लाइफको ०.२९ प्रतिशत र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.०१ प्रतिशतले सेयरभाउ बढेको छ । 
 

त्यस्तै, आज सर्वाधिक गुमाउने अर्थात् सेयरभाउ घट्ने बीमा कम्पनीमा भने नेपाल इन्स्योरेन्स छ । अघिल्लो दिन सकारात्मक सर्किट लागेको कम्पनीको सेयरभाउ आज ६.१६ प्रतिशतले घटेर ९६० रुपैयाँ कायम भएको छ । 
त्यस्तै, सूर्यज्योति लाइफको २.४५ प्रतिशत, एलआईसी नेपालको १.६९ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.४४ प्रतिशत, नेशनल लाइफको १.१३ प्रतिशत, नेपाल लाइफको १.१०
प्रतिशतले सेयरभाउ घटेको छ । 

शिखर इन्स्योरेन्सको ०.९१ प्रतिशत, हिमालयन लाइफको ०.८९ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.६५ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.५१ प्रतिशत र नेको इन्स्योरेन्सको ०.४६ प्रतिशतले सेयरभाउ घटेको छ । 
 

यसका साथै आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा चार ओटा बीमा कम्पनी परेका छन् । सर्वाधिक रिलायबल नेपाल लाइफको १२ करोड ९८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 
त्यस्तै, नेपाल इन्स्योरेन्सको १२ करोड ६ लाख, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ९ करोड ४९ लाख रुपैयाँ र आइएमई लाइफको ९ करोड ३८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।