a indian man carries wife's body
एजेन्सी । नेपालको संविधानमा पछाडि पारिएका भनिएका मधेशीहरुको सवाल नसमेटिएको भन्ने लफडा झिकेर ५ महिनासम्म नाकाबन्दी गरी अनाहकमा नेपालीलाई दुःख दिएको र आफूलाई विश्वमै उदीयमान अर्थतन्त्रको रुपमा दाबी गर्ने भारतमा गरीबहरुले कुन हदसम्मको पीडादायी र दर्दनाक जीवन बिताउनु परिरहेको छ भन्ने एउटा उदाहरणले अहिले विश्वभरि नै सनसनी मच्चाइरहेको छ ।
भारतको उडिसा राज्यस्थित कालाहाण्डी जिल्लाको भवानीपटनामा एक व्यक्तिले गरीब भएकै कारण राज्यका निकायहरुबाट चरम उपेक्षाको शिकार भई आफ्नी पत्नीको शवलाई काँधमा हालेर १२ किलोमिटरसम्म पैदल हिँड्नुपर्यो ।
जुन अस्पतालमा ती गरीब महिलाको मृत्यु भएको थियो, त्यस अस्पताल तथा राज्यका अरु कुनै पनि निकायले यी गरीबलाई मृत पत्नीको शव लैजानका लागि न एम्बूलेन्स दिए, न शवबाहन नै । पैसा नभएकै कारण चारैतिर गुहार्दा समेत कतैबाट सहयोग नपाएपछि निम्न स्तरका दाना माझी नामका यी व्यक्ति मृत पत्नीको शव बोकेर १२ किलोमिटर हिँड्न बाध्य भए । यो घटनाले भारतका गरीबहरुमाथिको चरम विभेद तथा राज्यको गलत नीतिको जबरजस्त खुलासा भएको छ र विश्वभरि भारतका सरकारी निकाय तथा भारतीयहरुको कडा आलोचना भइरहेको छ ।
यो घटनाको खुलासासँगै विश्वमै मुख देखाउने अवस्था नरहेपछि उडिसाका शहरी विकास मन्त्रीले पुष्पेन्द्र सिंघदेओले कालाहाण्डीका कलेक्टरलाई यो बिषयमा जाँच गर्न आदेश दिएको मिडियाहरुलाई बताएका छन् ।
पैसा नभएकै कारण चारैतिर गुहार्दा समेत कतैबाट सहयोग नपाएपछि निम्न स्तरका दाना माझी नामका यी व्यक्ति मृत पत्नीको शव बोकेर १२ किलोमिटर हिँड्न बाध्य भए । यो घटनाले भारतका गरीबहरुमाथिको चरम विभेद तथा राज्यको गलत नीतिको जबरजस्त खुलासा भएको छ र विश्वभरि भारतका सरकारी निकाय तथा भारतीयहरुको कडा आलोचना भइरहेको छ ।
१२ किलोमिटरसम्म आफ्नी पत्नीको शवलाई काँधमा हालेर हिँडेपछि केही अधिकारीवादीहरुले हंगामा खडा गरे र उनीहरुकै पहलमा बीच बाटोबाट माझीले एम्बूलेन्स पाएका थिए । जिल्ला प्रशासनले यो घटनाले तहल्का मच्चाएपछि गरीब माझीलाई क्षतिपूर्ति बापत १२ हजार भारु उपलब्ध गराउने भनेको छ । दाना माझीकी पत्नी अमांग भवानीपटनाको एक अस्पतालमा टिबीको उपचारका लागि भर्ति भएकी थिइन, जहाँ उनको मृत्यु भयो ।
दानाका अनुसार उनको गाउँ अस्पतालबाट ६० किलोमटरको दूरीमा अवस्थित छ । उनी गरीब छन् र उनीसँग शव बाहनलाई दिने पैसा थिएन । चारैतिर गुहार माग्दा पनि कसैले नपत्याएपछि घरैसम्म(६० किलोमिटर) पत्नीको शव बोकेरै पुर्याउने आँटका साथ उनले हृदयविदारक यात्रा सुरु गरेका थिए । उनका अनुसार अस्पताल प्रशासनलाई बारम्बार अनुरोध गर्दा समेत उनलाई सहयोग गरिएन ।
तर, अस्पतालका एक वरिष्ठ अधिकारी बी ब्रम्हाले भने मंगलबार भर्ति भएकी माझी पत्नीको सोही रात मृत्यु भएको र दानाले अस्पतालका कुनै पनि कर्मचारीलाई केही नभनी शव उठाएर हिँडेका भन्दै आफ्नो गल्ती ढाकछोप गर्न खोजेका छन् ।
बुबा मृत आमाको शव बोक्ने प्रयास गर्दै, छोरी भक्कानिएर रुँदै, यस्तो हृदयविदारक दृश्य देख्न नपरोस् ।
..........................................................................................................................
दाना माझीका अनुसार शवलाई बुधबार बिहान कपडाले बेरे र गाउँतर्फको यात्रामा काँधमा राखेर हिँडे । उनको साथमा १२ वर्षकी छोरी चौला पनि थिइन । अघि–अघि बुबाले आमाको शव काँधमा राखेर हिँड्दै गरेको वा शव उठाउँदै गरेको, र छोरी यो सब हेरेर भक्कानिएको फोटोले विश्वका धेरै मानिसको मन छिया–छिया बनाइदिएको छ ।
दानाकी पत्नीको दाहसंस्कार बुधबार साँझ भएको थियो ।
कालाहाण्डीका कलेक्टर वृन्दा डीले घटनाको बिषयमा जानकारी आएपछि र कुनै गरीब पत्नीको शव काँधमा लिएर हिँड्दै गरेको खबर सुनेलगत्तै आफ्नै प्रयासमा १२ किलोमिटरपछि शव बाहनको व्यवस्था गरिएको बताए । उनले स्थानीय अधिकारीहरुमार्फत गरीब परिवारलाई २ हजार भारु दिइएको र रेडक्रसको तर्फबाट थप १० हजार सहयोग उपलब्ध गराउन भनिएको जानकारी दिइन ।
बिडम्बना त यो छ कि त्यहाँको राज्य सरकारले गत फेब्रुअरीबाट नै गरीबको शवलाई अस्पतालबाट आफ्नो घरसम्म लैजानका लागि शवबाहन उपलब्ध गराउने विशेष कार्यक्रम सुरु गरेको थियो । तर यस्तै राज्यमा भएको एउटा घटनाले सिंगो भारत सरकारको गरीबप्रतिको नीतिको मजाक उडिरहेको छ ।
यसभन्दाअघि पनि त्यो राज्यमा गरीबहरुले करिब आधादर्जन शवलाई साइकल, रिक्सामा हालेर घरसम्म लगेका घटना समेत सार्वजनिक भइसकेका छन् ।
बीबीसीको सहयोगमा तयार
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19