काठमाण्डौ । बाह्र वर्षपछि तीनवटा आर्थिक वर्षको एकसाथ वार्षिक साधारणसभा आह्वान गरेको राष्टिय बिमा कम्पनीले आफ्ना सेयरधनीलाई ९३ प्रतिशत बोनस दिने भएको छ ।
यो कम्पनीले आर्थिक वर्ष २०६०/६१, २०६१/६२ र २०६२/६३ को खुद नाफाबाट लगानीकर्तालाई कुल ९३ प्रतिशत बोनस सेयर वितरणको प्रस्तावलाई पारित गराउन आगामी बैशाख २२ गते २९ औं वार्षिकसाधारणसभा आह्वान गरेको हो ।
यो बिमा कम्पनीले यसअघि २०६६ सालको जेठ महिनापछि हालसम्म साधारणसभा गरेको छैन।
कम्पनीका एक अधिकारी अनुसार कम्पनीले २०६०/६१ का लागि ३९ प्रतिशत, ०६१/६२ का लागि पनि ३९ प्रतिशत र २०६२/६३ का लागि १५ प्रतिशत बोनस सेयरको प्रस्ताव साधारणसभाले पारित गर्नेछ ।
साधारणसभा प्रयोजनका लागि यो कम्पनीको सेयर दर्ता प’स्तिका बैशाख ८ देखि २२ गतेसम्म बन्द रहने बताइएको छ । यसको अर्थ बैशाख ७ गतेसम्म यो कम्पनीको सेयर खरीद गरेका वा आफ्ना नाममा नामसारी गरेका सेयरधनीले मात्र वार्षिक साधारणसभामा सहभागी हुन पाउनेछन्।
यो बिमा कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म २६ करोड १६ लाख खुद नाफा आर्जन गरेको छ । यो कम्पनीको चुक्तापुँजी १२ करोड ४४ लाख रुपैयाँ रहेको छ ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19