काठमाण्डौ । साताको चौथो दिन बुधबार सेयर बजार सामान्य अंकको बढोत्तरी भएको छ ।

नेप्से परिसूचक ९.५० अंकले बढेर २०८९ विन्दुमा पुगेको छ ।नेप्सेमा सूचीकृत ३०१ कम्पनीको १ करोड ३४ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 
 

नेप्सेमा रहेका १३ उपसमूहमध्ये आज सात वटा उपसमूह राताम्य भएका छन् भने छ वटा उपसमूहमा हरियाली छाएको छ ।

बीमा समूहका दुईवटै उपसमूह घटेका छन् । जीवन बीमा उपसमूह ०.२५ प्रतिशत र निर्जीवन बीमा उपसमूह ०.१३ प्रतिशतले घटेको छ । 
 

आज बीमा कम्पनीहरुमा सर्वाधिक कमाउने अर्थात् सेयरभाउ बढ्ने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स छ । कम्पनीको सेयरभाउ १० प्रतिशतले बढेर ४११.५० रुपैयाँ पुगेको छ । 
 

त्यस्तै, रिलायबल नेपाल लाइफको ३.७५ प्रतिशतले बढेर ४७८ रुपैयाँ ९० पैसा पुगेको छ । कम्पनीले आजै मात्र १६ प्रतिशत लाभांश घोषणा गरेकाले कम्पनीको सेयरभाउ बढेको हो । 
 

त्यस्तै, सन नेपाल लाइफको १.३० प्रतिशत, सलिकोको १.२५ प्रतिशत, सानिमा जीआईसीइन्स्योरेन्सको १.०८ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.७९ प्रतिशतले सेयरभाउ बढेको छ । 
 

त्यस्तै नेको इन्स्योरेन्सको ०.६० प्रतिशत, एशियन लाइफको ०.५९ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.५८ प्रतिशत, हिमालयन एभरेष्टको ०.४५ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.४२ प्रतिशत र नेशनल लाइफको ०.१७ प्रतिशतले सेयरभाउ बढेको छ । 
 

त्यस्तै, आज सर्वाधिक गुमाउने अर्थात् सेयरभाउ घट्ने बीमा कम्पनीमा एनएलजी इन्स्योरेन्स छ । कम्पनीको सेयरभाउ २.४५ प्रतिशतले घटेर ८५२ रुपैयाँ कायम भएको छ । 
 

यसका साथै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १.७८ प्रतिशत, नेपाललाइफको १.४९ प्रतिशत, नेपाल रि-इन्स्योरेन्सको १.३९ प्रतिशत, हिमालयन लाइफको १.१२ प्रतिशतले सेयरभाउ घटेको छ । 
 

त्यस्तै सूर्यज्योतिलाइफको १.०८ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.०८ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.०४ प्रतिशत, प्रभु महालक्ष्मीलाइफको ०.७० प्रतिशत, सिटिजन लाइफको ०.५३ प्रतिशत र आइएमई लाइफको ०.५३ प्रतिशतले सेयरभाउ घटेको छ । 
 

आज सर्वाधिक कारोबार हुने बीमा कम्पनीमा रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीको सर्वाधिक २८ करोड ८७लाख रुपैयाँ माथिको कारोबार भएको छ ।