काठमाण्डौ ।साताको पहिलो कारोबार दिन आइतबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ ।

नेप्से परिसूचक ३१.६२ अंकले बृद्धि भई २१२० विन्दुमा उक्लिएको छ । 
 

नेप्सेमा सूचीकृत ३१४ कम्पनीको १ करोड ६६ लाख ५ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड रुपैयाँ माथिको कारोबार भएको छ । 
 

नेप्सेमा रहेका १३ उपसमूहमध्ये होटल तथा पर्यटन र व्यापार समूह बाहेकका सबै समूहमा हरियाली छाएको छ । बीमा समूहका दुई वटै उपसमूह बढेका छन् । 
 

जीवनबीमा समूह ०.४२ प्रतिशत र निर्जीवनबीमा समूह ०.०१ प्रतिशतले बृद्धि भएको छ । 
 

आज बीमा कम्पनीहरुमा सर्वाधिक कमाउने अर्थात् सेयरभाउ बढ्नेमा हिमालयन रिइन्स्योरेन्स छ । कम्पनीको सेयरभाउ ९.९९ प्रतिशतले बढेर ४९७ रुपैयाँ ८० पैसा पुगेको छ ।

त्यस्तै, एलआईसी नेपालको सेयभाउ पनि २.४० प्रतिशतले बृद्धि भएर १४२५ रुपैयाँ पुगेको छ । 
 

त्यस्तै, नेपाल रिइन्स्योरेन्सको १.६० प्रतिशत, एशियन लाइफको १.३४ प्रतिशत, युनाइटेड अजोडको १.२८ प्रतिशत, नेको इन्स्योरेन्सको ०.९२ प्रतिशत, सानिमा जीआईसीको ०.७० प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.६५ प्रतिशत, नेपाल लाइफको ०.६१ प्रतिशत, सुर्यज्योतिलाइफको ०.५६ प्रतिशतले बढेको छ । 
 यसैगरी, नेशनल लाइफको ०.४८ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.४१ प्रतिशत, हिमालयन लाइफको ०.२६ प्रतिशत र सिटिजन लाइफको ०.२५ प्रतिशतले बढेको छ । 

 

त्यस्तै, आज सर्वाधिक गुमाउने अर्थात् सेयर भाउ घट्ने बीमा कम्पनीमा रिलायबल नेपाल लाइफ छ । कम्पनीको सेयरभाउ ०.८८ प्रतिशतले घटेर ५६६ रुपैयाँ कायम भएको छ । 
 

त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.७८ प्रतिशत, सन नेपाल लाइफको ०.७७प्रतिशत, सलिकोको ०.७० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.७० प्रतिशत, हिमालयन एभरेष्टको ०.४० प्रतिशत, आइएमई लाइफको ०.३६ प्रतिशतले घटेको छ । 
त्यस्तै, आइजीआई प्रुडेन्सियलको ०.३५ प्रतिशत, एनएलजीको ०.१७प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.१३ प्रतिशत र शिखरको ०.०७प्रतिशतले घटेको छ । 

 

सेयरभाउ घटेसँगै आज सर्वाधिक रिलायबल नेपाल लाइफको ७ करोड ४५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।