काठमाण्डौ । खुलेदेखि नै उकालो लागेको सेयर बजार आज अन्तिममा करिब ३ प्रतिशत अर्थात ६३ अंक बढेर बन्द भएको छ। आज कारोबार पनि जुलाई महिनाकै सबैभन्दा उच्च भएको छ। 

आज नेप्से १४ महिनायताकै उच्च विन्दु २२२७ मा बन्द भएको छ। यसअघि नेप्से २०२२ को मे २५ मा २२२५ मा बन्द भएको थियो। त्यसपछि बजार आज २२२७ को विन्दुमा करिब ४ अर्ब माथि भोलुमसहित बन्द भएको छ। 

प्राविधिक रुपमा आजको बजारलाई डाउ थेउरीमार्फत हेर्दा अघिल्लो हाई २१८५ लाई ब्रेक गरेर आज नयाँ हायर हाई २२२७ मा बन्द भएको छ। योसँगै आज यसअघिको २०५० को विन्दु हायर लो कन्फर्मेसन भएको छ। यदि यो बढोत्तरीले निरन्तरता पाएको खण्डमा इलिअट वेभमार्फत हेर्दा पनि बजारमा थ्री अफ थ्री चलेको मान्न सकिन्छ। 

बोलिंगरमार्फत बजारलाई हेर्दा आज ब्यान्डको अप्पर ब्यान्डमा बुलिस मारुबुजु क्यान्डसहित ब्रेक आउट भएको छ। 

म्याक्डीमार्फत हेर्दा यसअघि बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ। हिस्टोग्राम सकारात्मक नै रहेका छन्। आरएसआई ओभरबट जोन ७३ मा पुगेको छ। मनी फ्लो इन्डेक्सले ‘डब्ल्यू’ आकार बनाउँदै आज ८५ को तहमा पुगेको छ। 

समग्रमा यी ४ वटै इन्डिकेटरमार्फत हेर्दा बजारले अप ट्रेन्ड लिँदै गरेको देखिन्छ। 

पिभटमार्फत हेर्दा आज २२०२ को पहिलो प्रतिरोध ब्रेक गरेर बजार माथि गएको देखिन्छ। अबको दोस्रो प्रतिरोध भनेको बजारले २२४१ र तेस्रो प्रतिरोध २२८० देखि २३०३ सम्म सामना गर्न सक्छ। घटेमा भने बजारले क्रमशः २२०२, २१६० र २१४० मा सपोर्ट लिन सक्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।