काठमाण्डौ । सेयर बजारमा आज दिनभर उच्च उतारचढाव आएको छ। बिहान खुलेदेखि नै निरन्तर घटेको बजारमा लगभग ८० अंकको उतारचढाव भएको छ। अन्तमा सकारात्मक बनेर बजार बन्द भएको छ।
प्राविधिक रुपमा आजको बजारलाई हेर्दा करिब ३ महिनापछि बोलिंगर ब्यान्डको तल्लो विन्दुमा ब्रेक डाउन भएको छ । यसअघि पनि यस्तै आकृति बनेपछि बजारमा बढोत्तरी आएको थियो। (हेर्नुहोस् रातो एरो)
आजको बजारले बनाएको क्यान्डललाई हेर्दा ड्रागन फ्लाई डोजी स्टार बनेको छ (हेर्नुहोस् तस्बिरमा हरियो एरो)। यसले ट्रेन्ड रिभसर्ल अर्थात् बजारले माथिको यात्रा तय गर्दै गरेको बुझिन्छ।
यसविपरीत यदि बजारले बोलिंगरको अपर ब्यान्डमा सुटिङ स्टार बनाएको खण्डमा भने बजारमा करेक्सन आउन सक्ने देखिन्छ।
म्याक्डीमार्फत हेर्दा आजको बजार बियरिस नै देखिन्छ। तर, आरएसआईमार्फत हेर्दा आजको बजारमा लगभग ओभर सोल्ड जोन ३० को तहमा पुगेको देखिन्छ। आरएसआइएलाई नै वान आवर टाइम फेरेममा हेर्दा यसअघिकै सपोर्ट विन्दु २२ को ओभर सोल्ड जोनबाट आज बजार फर्केर ४४ को तहमा पुगेको छ। यसले आज बजारमा केही अल्पकालीन लगानीकर्ता हावी भएको बझ्न सकिन्छ।
म्याक्डीमा हिस्टोग्राम नेगेटिभ रहे पनि छोटा–छोटा हुँदै गएको देखिन्छ। वान आवर टाइम फेरेममा नै बजारलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा ब्यान्डको तल्लो विन्दुमा ब्रेक डाउन दिएर हरियो मारुबुजु क्यान्डल बनेको छ। यसले बजार सम्हालिएको बुझ्न सकिन्छ।
आज बजार खासगरी टेक्निकल पक्ष हेरेर टे«ड गर्नेहरुले १९६० को बलियो सपोर्ट विन्दुबाट बजार पस्दा बजारले दिनभरि गुमाएको अंक रिकभरी गरेको देखिन्छ। आजको बजारमा कारोबार पनि साढे २ अर्व बराबर हुनुले केही प्रोफेसनल ट्रेडर बजार पसेको बुझ्न सकिन्छ। (हेर्नुहोस् माथि मुख्य तस्बिरमा)
यदि आगामी दिनमा बजार बढ्छ भने यसअघिका बलियो प्रतिरोध २०४८ र २०९० को विन्दुमा सामना गर्न सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago