काठमाण्डौ ।साताको तेस्रो कारोबार दिन मंगलबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ ।

नेप्से परिसूचक २०.६२ अंकले बढेर २ हजार ८० को विन्दुमापुगेको छ । नेप्सेमा सूचीकृत ३०९ कम्पनीको १ करोड ७९ लाखकित्ता सेयर किनबेच हुँदा ६ अर्ब ११ करोडमाथिको कारोबार भएको छ । 
 

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज हाइड्रोपावर, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहबाहेकका सबै समूहमा हरियाली छाएको छ । बीमा समूहका दुई वटै उपसमूह बृद्धि भएका छन् । 
 

जीवन बीमा उपसमूह ०.९२ प्रतिशत र निर्जीवन बीमा उपसमूह ०.६० प्रतिशतले बढेको छ । 
 

बीमा कम्पनीहरुमा आज सर्वाधिक कमाउने अर्थात् सेयरभाउ बढ्नेमा हिमालयन रि इन्स्योरेन्स छ । कम्पनीको सेयरभाउ १० प्रतिशतले बढेर ३७४ रुपैयाँ १० पैसापुगेको छ । 
 

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको सेयरभाउ २.७६ प्रतिशतले बढेर ६७० रुपैयाँ पुगेको छ । यसका साथै एशियन लाइफको २.५९ प्रतिशत, सानिमा रिलायन्स लाइफको २.१३ प्रतिशत, शिखर इन्स्योरेन्सको २.०३ प्रतिशतले सेयरभाउ बढेको छ । 
 

यसैगरी, नेको इन्स्योरेन्सको १.७६ प्रतिशत, एनएलजी इन्स्योरेन्सको १.६३ प्रतिशत, सूर्यज्योति लाइफको १.४१ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.२९ प्रतिशत, आइएमई लाइफको १.०६ प्रतिशत र सिटिजन लाइफको १.०१ प्रतिशतले सेयरभाउ बढेको छ । 
 

त्यस्तै, सलिकोको १ प्रतिशत, सन नेपाल लाइफको ०.९६ प्रतिशत, हिमालयन लाइफको ०.५६ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.३६ प्रतिशत, सानिमाजिआइसीको ०.३४ प्रतिशत, युनाइटेड अजोडको ०.१७प्रतिशत, हिमालयन एभरेष्टको ०.१५ प्रतिशत र सिद्धार्थ प्रिमियरको ०.०९ प्रतिशतले बृद्धि भएको छ । 
 

सेयरबजार बढे पनि आज ६ वटा बीमा कम्पनीको सेयरभाउ घटेको छ । सर्वाधिक गुमाउनेमा प्रभु महालक्ष्मी लाइफको सेयरभाउ १.६१ प्रशितले घटेर ५६९ रुपैयाँ कायम भएको छ । 
 

त्यस्तै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ०.८८ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ०.६६ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.४५ प्रतिशत, एलआईसी नेपालको ०.३५ प्रतिशत र नेशनल लाइफको ०.३१ प्रतिशतले सेयरभाउ घटेको छ । 
 

यो दिन सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा रिलायबल नेपाल लाइफ मात्रै छ । कम्पनीको १२ करोड  १४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।