काठमाण्डौ ।साताको पहिलो कारोबार दिन आइतबार सेयरबजार २१.०३ अंकले घटेर २ हजार ८८.०७ को विन्दुमा बन्द भएको छ ।

राम्रा र बलियाकम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.२९ अंकले घटेर ३९१.३३ को विन्दुमापुगेको छ। 

आज नेप्सेमा सूचीकृतमध्ये ३०९ वटा कम्पनीका १ करोड८५ लाख ८९हजार ३७९कित्ता सेयर ७ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको बजारको विषयमा बजार जानकार महेश रिजाल भन्छन्, ‘आजको बजार घटाइलाई सामान्य करेक्सन मान्न सकिन्छ । यसलाई नाफा बुक नै भनिन्छ, वियरिस गइहालेको अवस्था होइन र आत्तिहाल्नु पनि पर्दैन ।आज कारोबार घट्दा भोलुम पनि घटेको छ ।यसले बजारमा नयाँ लगानीकर्ताहरु प्रवेश गरेको देखाउँछ ।’

उनका अनुसार बजार बुलिस सेन्टिमेन्टै छ  ।अर्का बजार जानकार यज्ञ घिमिरे भन्छन्, ‘केहि कम्पनीहरुको सेयरमूल्य अत्याधिक रुपमा बढ्दा बजारले राम्रो गति लिन सकेन, ती कम्पनीहरुमा लगानीकर्ताहरुले ‘पम्प एन्ड डम्प’ पनि गरे ।उचालिएर किनिएका कम्पनीहरुको मूल्यमा उतारचडाव पनि आयो।’
 

उनका अनुसार कारोबारले भने बजारलाई साथ दिएको छ ।यसकारण डराईहाल्नु पर्ने अवस्था छैन ।

आज नेप्से उपसमूहमा रहेका १३ ओटा समूहमध्ये निर्जीवन बीमा, अन्य, जीवन बीमा र हाइड्रोपावर समूह बाहेक अरु सबै समूहमा रातो पोतिएको छ ।

यो दिन सबैभन्दा बढी लगानी समूह ३.८९ प्रतिशतले घटेको छ ।त्यसैगरी, व्यापार समूह ३.११ प्रतिशतले घटेको छ । यो दिन उत्पादन तथा प्रोसेसिङ समूह २.७५ प्रतिशतले बढेको  छ। यसैगरी, यो दिन वित्त समूह १.६४ प्रतिशतले  घटेको  छ।
 

यसैगरी, यो दिन अन्य समूह ०.९७ प्रतिशतले बढेको छ । त्यस्तै निर्जीवन बीमा समूह ०.५६प्रतिशतले बढेको छ ।
धेरै कारोबार गर्ने कम्पनीहरु 
यो दिन पनि पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट्सको भएको  छ। कम्पनीको ३० करोड ४३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यसैगरी, दोस्रोमा हाथवे इन्भेष्टमेन्ट नेपालको २९ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ।तेस्रोमा सोनापुर आयल एन्ड मिनरल्सको २८ करोड १९ लाख रुपैयाँभन्दा बढीको सेयर बिक्रीभएको  छ।
 

यसैगरी, चौथोमा घोराही सिमेन्टको २२ करोड ५२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
धेरै कमाउने र धेरै गुमाउने
त्यस्तै, यो दिन १२ ओटा अलग-अलग कम्पनीको सेयरमूल्यमा सकारात्ममक सर्किट लागेको छ । 

 

बोटलर्स नेपाल(बालाजु),कालिका पावर कम्पनी, सामलिङ पावर कम्पनी, बीपीडब्लू लघुवित्त वित्तीय संस्था, चिरख्वा हाइडेपावर, मुक्तिनाथ कृषि कम्पनी, सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यसैगरी,अपर सोलु हाइड्रोपावर कम्पनी, भिजन लुम्बिनी ऊर्जा कम्पनी, नेपाल वेयर हाउजिङ्ग कम्पनी, माईखोला हाइड्रोपावर र मैलुङ खोला हाइड्रो पावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

ती कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढेको  छ। यसैगरी, यो दिन नेपाल रिपब्लिक मिडिया कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

यस्तै ज्योति विकास बैंक बोन्ड २०८७ को इकाईमा पनि नकारात्मक सर्किट लागेको छ  ।