काठमाण्डौ । देशका २८ वाणिज्य बैंकमध्ये २७ वटाले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको अपरिस्कृत वित्तीय  विवरण प्रकाशित गरेका छन् । २७ बैंकमध्ये २१ वटाले गत वर्षको सोही अवधिको तुलनामा नाफा बढाएका छन् भने बाँकी  ६ वटाको नाफा घटेको छ । 

हामीले २७ वटा वाणिज्य बैंकहरुले नाफातर्फ गरेको प्रगतिलाई विश्लेषण गर्ने कोशिश गरेका छौ । यी २७ बैंकमध्ये नाफामा सबैभन्दा ठूलो पहिरो प्रभू बैंकले व्यहोरेको छ । यो बैंकको नाफा गत वर्षको तुलनामा ४० प्रतिशतले घटेको देखिएको छ । 

यस्तै, नाफातर्फ सबैभन्दा राम्रो प्रगति  नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी)बैंकले गरेको छ । जसले गत वर्षको तेश्रो त्रैमासको तुलनामा समीक्षा अवधिमा नाफामा २२५ प्रतिशतको छलाङ मारेको हो । यस्तै,  सिभिल बैंकको नाफा पनि १२७ प्रतिशतले वृद्धि भएको छ । 

नाफातर्फको प्रगतिमा सिभिलपछि १०३ प्रतिशतको वृद्धिसहित सेञ्चुरी कमर्सियल बैंक तेश्रो स्थानमा छ । ८८ प्रतिशतको प्रगतिसहित कुमारी बैंक चौथो, ५१ प्रतिशतको प्रगतिसहित जनता बैंक पाँचौ स्थानमा छन् ।

नाफातर्फको बढोत्तरीको हिसाबले २७ वाणिज्य बैंकमध्ये टप १० मा प्राइम, लक्ष्मी, सिद्धार्थ, सानिमा, एसबीआई बैंक समेटिएका छन् । 

बाँकी बैंकको नाफातर्फको प्रगतिको अवस्था के छ, हेर्नुहोस् यो टेबल:

यस्तै, हामीले यो वर्षको तेश्रो त्रैमासमा सबैभन्दा बढी नाफा कमाउने बैंकहरुको सूचि समेत  तयार गरेका छौ । यसअनुसार २७ वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै नाफा नेपाल इन्भेष्टमेन्ट बैंकले आर्जन गरेको छ । यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २ अर्ब ८३ करोड खूद नाफा आर्जन गरेको हो । 

२ अर्ब ७९ करोड नाफासहित  नवील बैंक दोश्रो, २ अर्ब ५६ करोड नाफासहित नेपाल बैंक तेश्रो, १ अर्ब ८७ करोड नाफासहित कृषि विकास बैंक  चौथो र १ अर्ब ८० करोड नाफासहित एभरेष्ट बैंक पाँचौ स्थानमा छन् । 

वित्तीय विवरण प्रकाशित गरेका २७ बैंकमध्ये ३ बैंकले मात्र २ अर्ब माथि नाफा आर्जन गरेका छन् । यस्तै, ११ बैंकको नाफा १ अर्ब माथि छ भने बाँकी बैंकको १ अर्ब तल छ । सबैभन्दा कम नाफा सिभिल बैंकको रहेको छ । उसले तेश्रो त्रैमासमा ३५ करोड मात्र नाफा आर्जन गर्न सकेको हो । 

अन्य बैंकमध्ये कुनले कति नाफा कमाए, हेर्नुहोस् यो टेबल:


*यसअघिको समाचारमा भूलवश हिमालयन बैंकको नाफा सम्बन्धी तथ्यांक फरक पर्न गएकोले सच्याइएको छ।-सम्पादक