काठमाण्डौ ।साताको पहिलो कारोबार दिन आइतबार सेयरबजार २६.३६ अंकले घटेर २ हजार २२.९२ को विन्दुमा बन्द भएको छ ।
 

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.१६ अंकले घटेर ३७३ को विन्दुमा पुगेको छ। 

आज नेप्सेमा सूचीकृतमध्ये ३०४ वटा कम्पनीका १ करोड ५२ लाख ६८ हजार ३९९ कित्ता सेयर ५ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारको विषयमा बजार जानकार महेश रिजाल भन्छन्,‘पुस मसान्तको प्रभावका कारण बजार घटेको हो, अब मंगलवारदेखि बजारमा सुधार आउँन सक्छ, आज हाइक्याप भएको नेपाल टेलिकममको सेयरमूल्य घटेका कारण पनि बजार प्रभावित भएको हो ।’

उनका अनुसार भोलिदेखि नै हिमालयन रि-इन्स्योरेन्सको आईपीओ पनि दोस्रोबजारमा कारोबारमा आउँदैछ, यसले पक्कै पनि बजारमा सकारात्मक प्रभाव पार्छ नै ।

आगामी माघ महिनादेखि सेयर धितोकर्जा पनि बढ्छ र यसले बजारलाई सुधार गर्ने आशा गर्न सकिन्छ।
 

अर्का बजार जानकार विरेन्द्र विष्ट पनि बजार घट्नुलाई पुस मसान्तकै प्रभाव भएको बताउँछन् ।

उनी भन्छन्,भोलिदेखि नै हिमालयन रिइन्स्योरेन्सको आईपीओ पनि दोस्रोबजारमा कारोबारमा आउँदैछ, यसले पक्कै पनि बजारमा सकारात्मक प्रभाव पार्छ नै । आगामी माघ महिनादेखि सेयर धितोकर्जा पनि बढ्छ र यसले बजारलाई सुधार गर्ने आशा गर्न सकिन्छ।
 

आज नेप्से उपसमूहमा रहेका १३ ओटै समूहमध्ये हाइड्रोपावर बाहेक सबै समूहमा रातो पोतिएको छ ।
 

यो दिन  हाइड्रोपावर समूह मात्रै बढेको छ । यो समूह १.०३ प्र्रतिशतले बढेको छ ।यसैगरी, यो दिन सबैभन्दा बढी जीवन बीमा समूह २.४० प्रतिशतले घटेको छ । यो दिन व्यापार समूह २.१४ प्रतिशतले घटेको छ ।त्यस्तै, लगानी समूह १.९४ प्रतिशतले घटेको  छ। यस्तै अन्य समूह १.८६ प्रतिशतले घटेको छ ।
धेरै कारोबार गर्ने कम्पनीहरु 
यो दिन पनि सबैभन्दा बढी कारोबार सोनापुर आयल एन्ड मिनरल्सको भएको छ । कम्पनीको २८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

यसैगरी, दोस्रोमा हाथवे इन्भेष्टमेन्ट नेपालको १९ करोड ९४ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको  छ। त्यसैगरी, माउन्टेन इनर्जि लिमिटेडको १५ करोड ९० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
 

यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभपलपमेन्ट फन्डको १५ करोड ६८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै सिनर्जी पावर डेभलपमेन्टको ११ करोड ९२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
धेरै कमाउने र धेरै गुमाउने
त्यस्तै, यो दिन पाँच ओटा अलग- अलग कम्पनीको सेयरमूल्यमा सकारात्ममक सर्किट लागेको छ । यो दिन तेह्रथुम पावर कम्पनी, नेपाल वेयर हाउजिङ्ग कम्पनी र मुक्तिनाथ कृषि कम्पनी, सिंगटी हाइड्रोपावर र धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै नेपाल हाइड्रो डेभलपर कम्पनीको सेयरमूल्य ९.७७ प्रतिशतले बढेको छ ।
यसैगरी, यो दिन मानुषी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ६.६९ प्रतिशतले घटेको छ ।

त्यस्तै नेपाल रिपब्लिक मिडिया कम्पनीको सेयरमूल्य ६.४९ प्रतिशतले घटेको छ ।

यसैगरी, शुभम पावर कम्पनीको सेयरमूल्य ६.३३ प्रतिशतले घटेको छ ।