काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ। 

सम्झौताअनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएका २७० वटै शाखाहरुबाट सहज रुपमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछ  

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट महाप्रबन्धक शिवराम तिमल्सिनाले हस्ताक्षर गरे ।