काठमाण्डौ । रिलायवल माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले आजदेखि अबितरित २ हजार ७ सय ९७ कित्ता सेयर लिलामीबाट बिक्री गर्दैछ । 

दोश्रो बजारमा प्रतिकित्ता २ हजार बढीमा खरीदबिक्री भइरहेको सेयर लिलामीमा राख्दै कम्पनीले इच्छुक लगानीकर्ताबाट गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो । 

यो कम्पनीले गत असार २५ देखि साउन २९ गतेसम्म २ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासन गरेको थियो । सोमध्ये साधारण समूहतर्फ बिक्री नभएको २ हजार ७ सय ९७ कित्ता हकप्रद बोलकबोलबाट बिक्री हुन लागेको हो । 

इच्छुक लगानीकर्ताले असोज २५ गतेसम्म सेयर निश्कासन तथा बिक्री प्रबन्धकको काम गरिरहेको सिभिल क्यापिटल मार्केट लिमीटेडको काठमाण्डौ सुन्धारास्थित मुख्य कार्यालयमा गएर शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । 

इच्छुकले प्रति कित्ता न्यूनतमा १ सय रुपैयाँ र न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्नेछ । 

यो माइक्रोफाइनान्स कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा १ करोड १२ लाख खूद नाफा आर्जन गरेको थियो ।