काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ ।

आज नेप्से परिसूचक १८.०६ अंकले घटेर १ हजार ८५८ विन्दुमा बन्द भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकहरुमध्ये आज म्युचुअल फण्ड समूह बाहेकका सबै सूचकहरु राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा उपसूचक ०.९७ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.६५ प्रतिशतले घटेको छ । 

बीमा समूहका उपसूचकहरु घट्दा आज तीन कम्पनीको सेयरभाउ भने उचालिएका छन् । सर्वाधिक कमाउने अर्थात् सेयरभाउ बढ्ने कम्पनीमा नेको इन्स्योरेन्स छ । कम्पनीको सेयरभाउ ०.७७ प्रतिशतले बढेर ८०७ रुपैयाँ पुगेको छ । 

त्यस्तै, रिलायबल नेपाल लाइफको ०.६६ प्रतिशतले बढेर ४६० रुपैयाँ र सन नेपाल लाइफको ०.१९ प्रतिशतले बढेर सेयरभाउ ४६३ रुपैयाँ पुगेको छ । 
आज अधिकांश बीमा कम्पनीको सेयरभाउ घटेको छ । सबैभन्दा बढी गुमाउने अर्थात् सेयरभाउ घट्नेमा सानिमा रिलायन्स लाइफ छ । कम्पनीको सेयरभाउ एकैदिन ३.३७ प्रतिशतले घटेर ४४४.५० रुपैयाँ कायम भएको छ । 

यसका साथै आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३.०६ प्रतिशत, नेशनल लाइफको २.०७ प्रतिशत, नेपाल रि-इन्स्योरेन्सको १.७४ प्रतिशत, हिमालयन एभरेष्टको १.५१ प्रतिशत, एनएलजीको १.४८ प्रतिशत, शिखरको १.४६ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.४१ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.३९ प्रतिशतले सेयरभाउ घटेको छ । 

यसैगरी,आइएमई लाइफको १.३१ प्रतिशत, हिमालयन लाइफको १.२० प्रतिशत, युनाइटेड अजोडको १.१३ प्रतिशत, नेपाल लाइफको १.११ प्रतिशत, एलआईसी नेपालको १.०६ प्रतिशत, एशियन लाइफको ०.४८ प्रतिशत, सलिकोको ०.४५ प्रतिशत, सूर्यज्योति लाइफको ०.२८ प्रतिशत, सानिमा जीआईसीको ०.२४ प्रतिशत र प्रभु इन्स्योरेन्सको ०.०२ प्रतिशतले सेयरभाउ घटेको छ । 

त्यस्तै, यो दिन सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा प्रिमियम मूल्यमा आईपीओ जारी गरेका तीन जीवन बीमा कम्पनी परेका छन् । सर्वाधिक रिलायबल नेपाल लाइफको ३ करोड २६ लाख, सिटिजन लाइफको २ करोड ९० लाख र आइएमई लाइफको २ करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।