काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/ ८१ को तीन महिनाको अवधिको देशको बर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।

जस अनुसार उक्त अवधिमा साढे ३ खर्ब बढी रकम रेमिट्यान्स भित्रिएको छ । केन्द्रीय बैंकले  सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०८०/८१ को असोजसम्ममा रेमिट्यान्स ३० प्रतिशत बृद्धि भई ३ खर्ब ६५ अर्ब रुपैयाँ भित्रिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.९ प्रतिशतले बृद्धि भई २ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आप्रवाह ७.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख १३ हजार ३९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९ हजार २९७ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ४७ हजार ९३२ र ५७ हजार ८६१  थियो ।