काठमाण्डौ । प्रत्येक दिन बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म अफिस । अफिसबाट घर अनि फेरि अफिस ।  यो भीडभाडमा मान्छेले यसरि निरन्तर आफ्नो जीवन कहाँ बिताउन सक्छ र ?

यस्तो अवस्थामा अधिकांश मानिस चाँडो रिटायरमेन्ट लिन चाहिरहेका हुन्छन् । हुन त छिट्टै अवकाश लिनु अल्छी हो भन्ने पनि गरिन्छ । त्यसो भए रिटायर हुने उत्तम उमेर कति हो त ? यसबारे पनि फरक- फरक विचार छन् । कतिपय चाहिं चाँडै अवकाश लिंदा जीवन लामो बनाउन सकिने बताउँछन् भने कतिपय चाहिं चाँडै अवकाश लिएर धेरै समयसम्म बाँच सकिन्छ त भन्ने प्रश्न पनि गर्छन् । 

चाँडो अवकाश प्राप्त गर्न आर्थिक स्वतन्त्रता भने चाहिन्छ अन्यथा सेवानिवृत्ति सपना मात्र रहन्छ। प्रारम्भिक सेवानिवृत्तिको विचार अर्थशास्त्री मिलेनियल्स र जेन जेडले ल्याएका हुन् । उनीहरुका अनुसार आजभोलि कामकाजी व्यक्तिहरुमा यो धेरै लोकप्रिय हुँदैछ।

प्रारम्भिक सेवानिवृत्तिमा, मानिसहरूले ४५देखि ५० वर्षको बीचमा अवकाश लिन्छन्। आजको यो वित्तीय सचेतना श्रृंखलामा ४०/५० वर्षको उमेरमा रिटायर हुन कसरि सकिन्छ, यसका लागि पूर्वतयारी के गर्नुपर्दछ भन्ने बारेमा प्रष्ट्याउन खोजेका छौं ।
 

तपाई पनि छिट्टै रिटायर हुन सक्नुहुन्छ तर तपाईले यसको लागि कत्तिको तयारी गर्नुभएको छ त ? आफैले आफूलाई तलका प्रश्न सोध्नुहोस् । यी ५ प्रश्न यसप्रकार छन् ।
 १. ऋण त छैन ?

सर्बप्रथम प्रारम्भिक सेवानिवृत्तिको बारेमा सोच्दा आफूले आफैलाई सोध्नु पर्छ,  के म ऋणमुक्त छु ।  सेवानिवृत्ति पछि, तपाइँको बचत र लगानीको आम्दानीले प्रत्येक महिना ईएमआई तिर्न नभ्याउन सक्छ। त्यसैले सेवानिवृत्त हुनु अघि नै सबै ऋण चुक्ता गरिसक्नु पर्दछ।
२. बचत कति छ ?

यो दोस्रो महत्वपूर्ण प्रश्न  हो । प्रारम्भिक सेवानिवृत्ति चाहने व्यक्तिहरुले आफैलाई सोध्नु पर्छ मसँग कति बचत छ। सेवानिवृत्त भएपछि नियमित आम्दानी पनि हुँदैन । अरुसँग हात फैलाउने कुरा पनि भएन । त्यसपछि त बचत र लगानी आम्दानीमा मात्र निर्भर हुनुपर्ने अवस्था आउँछ । तसर्थ, प्रारम्भिक सेवानिवृत्तिको लागि, तपाईंले समयमै आक्रामक रूपमा बचत गर्नुपर्दछ । र यस्तो बचतलाई सही ठाउँमा लगानी गर्नुपर्छ। प्रारम्भिक सेवानिवृत्तिका लागि आफ्नो करियरको सुरुदेखि नै बचत र लगानी सुरु गर्नुपर्छ।
३. आश्रित सदस्यलाई के गर्ने ?

यदि तपाईं चाँडै सेवानिवृत्ति हुन सोच्दै हुनुहुन्छ भने, आश्रित सदस्यहरुलाई के गर्ने भन्ने बारेमा पनि योजना बनाउनु पर्दछ। यसबारे हत्तारिएर कुनै निर्णय गरिहाल्नु भने हुँदैन ।यहाँ यतिखेर आमाबाबु, श्रीमती र छोराछोरीको कुरा भइरहेको छ । यदि परिवारका सदस्यहरूको आर्थिक भार तपाईंमा छ भने, प्रारम्भिक सेवानिवृत्ति अघि नैउनीहरूको आर्थिक आवश्यकताहरू पुरा गर्नको लागि अलग रकम जम्मा गरिसकेको हुनुपर्दछ ।  जस्तै : छोराछोरीको उच्च शिक्षा र विवाह खर्च आदि। तपाईंले आफ्नो आमाबुवाको उपचार आदिको लागि पैसाको पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

४. स्वास्थ्योपचारको लागि पैसा बचत गर्नुभएको छ ?

उमेर बढ्दै जाँदा तपाईंको चिकित्सा खर्च पनि बढ्छ नै।कुनै पनि गम्भीर रोगको उपचार गर्न आर्थिक रूपमा अग्रिम तयारी गर्नुपर्छ। यस्तो अवस्थामा, तपाईंले आफ्नो स्वास्थ्यको लागि पनि केहि पैसा बचत गर्नुपर्छ। ताकि यसले सेवानिवृत्ति पछि पनि तपाईको बजेटलाई बाधा पुऱ्याउने छैन।
५. कम खर्च
मा अर्थात् मितव्ययि जीवन व्यतित गर्न सकिन्छ ?

सेवानिवृत्ति पछि समय प्रशस्त हुन्छ तर पैसा भने नहुन सक्छ । पैसा भए त ठिकै हो । पैसा भएमा तपाइले परिवारसँग खर्च गर्न सक्नुहुन्छ ।भ्रमणका योजना पनि बनाउन सकिन्छ । तर यति धेरै खर्च गर्न पैसा हुँदैन । किनकि सीमित आयस्रोतका कारण निस्फिक्री भएर खर्च गर्न सकिदैन। यसबेला तपाईको नियमित आम्दानी पनि हुँदैन । 

बचत र लगानी आम्दानीबाट मात्र असीमित आवश्यकताको खर्च पूरा गर्नुपर्ने अवस्था आउँछ । यस्तो अवस्थामा तपाईले कम बजेटमा बाँच्नु पर्ने हुन्छ । त्यसकारण, फेरि आफूलाई यो प्रश्न सोध्नुहोस् कि म यसको लागि तयार छु वा छैन। -एजेन्सीको सहयोगमा