काठमाण्डौ । साताको तेस्रो कारोबार दिन पाँच ओटा अलग( अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो दिन बोटलर्स नेपाल(बालाजु),नेपाल रिपब्लिक मिडिया,सोनापुर मिनरल्स एन्ड आयल, बीपीडब्लू लघुवित्त वित्तीय संस्था, मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

उता सिद्धार्थ इ्रन्भेष्टमेन्ट ग्रोथ स्किमको इकाई मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

यो समाचार तयार पार्दाको समय २ : १ ५ बजेसम्ममा बजार १२।६६  अंकले बढेर २ हजार ७३ विन्दुमा पुगेको छ । उक्त अवधिसम्ममा ४ अर्ब रुपैयाँभन्दा माथि कारोबार भएको छ ।
साताको दोस्रो कारोबार दिन सोमबार नेप्समा करिब ११ महिनापछि उच्च कारोबार भएको थियो ।

यसअघि गत वर्ष पुस २६ गते  ७ अर्ब ६५ करोड रुपैयाँको उच्च कारोबार भएको थियो । त्यसयता सोमबार उच्च कारोबार भएको  थियो ।

नेप्से विश्लेषणलाई आधार मान्ने हो भने बजार उच्च विन्दु २ हजार ७० भन्दा माथि माथि टिकेर कारोबार भएमा भने अबका दिनमा बजारले बुलिस यात्रा तय गर्न सक्छ ।

बजार जहिल्यै पनि एकोहोरो बढेको बढ्यै पनि गर्दैन र घटेको घट्यै पनि गर्दैन ।सानो(सानो करेक्सन आउँदै बजार बढ्यो भने त्यस्तो बजार बलियो हुँदै जान्छ ।  बजारले पुनः माथिको यात्रा तय गर्दछ ।