काठमाण्डौ ।साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ ।

नेप्से परिसूचक ८.७५ अंकले घटेर २ हजार ६० को विन्दुमा कायम भएको छ ।नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये चार उपसमूहमा हरियाली छाएको छ, भने बाँकी राताम्य छन् । बीमा समूहका दुई वटै उपसमूहहरु घटेका छन् । जीवन बीमा उपसमूह १.५८ प्रतिशत र निर्जीवनबीमा उपसमूह ०.७५ प्रतिशतले घटेको छ । बजार घटे पनि आज पाँच वटा बीमा कम्पनीको सेयरभाउ बढेका छन् ।

सर्वाधिक कमाउने अर्थात् सेयरभाउ बढ्ने बीमा कम्पनीमा युनाइटेड अजोड इन्स्योरेन्स छ । कम्पनीको सेयरभाउ १.८६ प्रतिशतले बढेर ६५० रुपैयाँ पुगेको छ । 

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको १.४७प्रतिशत, सानिमा जीआईसीको १.४६ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.०५ प्रतिशत र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.९२ प्रतिशतले सेयरभाउ बढेको छ ।

साथै आज सर्वाधिक गुमाउने अर्थात् सेयरभाउ घट्ने बीमा कम्पनीमा प्रभु महालक्ष्मी लाइफ छ । कम्पनीको सेयरभाउ ४.१२ प्रतिशतले घटेर ५९८ रुपैयाँ कायम छ । 

त्यस्तै, नेपाल इन्स्योरेन्सको ३.४४ प्रतिशत, प्रभु इन्स्योरेन्सको ३.३० प्रतिशत, आइएमई लाइफको ३.१३ प्रतिशत, सिटिजन लाइफको २.७६ प्रतिशत, रिलायबल नेपाल लाइफको २.५६ प्रतिशत, सूर्यज्योति लाइफको १.९३ प्रतिशत, सन नेपाल लाइफको १.८२ प्रतिशत, नेकोको १.६३ प्रतिशत, नेपाल रि-इन्स्योरेन्सको १.६२ प्रतिशतले सेयरभाउ घटेको छ । 

त्यस्तै, एशियन लाइफको १.३६ प्रतिशत, हिमालयनलाइफको १.१३ प्रतिशत, नेपाललाइफको १.११ प्रतिशत, एलआइसी नेपालको १.०३ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.०३ प्रतिशत, एनएलजीको ०.७५ प्रतिशत, नेशनल लाइफको ०.६५ प्रतिशत र सलिकोको ०.२८ प्रतिशतले सेयरभाउ घटेको छ । 
 

आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा चार वटा बीमा कम्पनी छन् । सर्वाधिक सानिमा जीआईसीको १० करोड ८२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

त्यस्तै, रिलायबल नेपाल लाइफको ९ करोड ९१ लाख, सन नेपाल लाइफको ९ करोड १३ लाख र आइएमई लाइफको ८ करोड ९७लाख रुपैयाँमाथिको कारोबार भएको छ ।