काठमाण्डौ ।साताको पहिलो कारोबार दिन आइतबार बजार ३१.६२ अंकले बढेर  २ हजार १२०.६२ विन्दुमा बन्द भएको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४.०२ अंकले बढेर ३८८.१७ विन्दुमा पुगेको छ ।

यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ कम्पनीको १६ करोड ६० लाख ५ हजार २३४ कित्ता सेयर ५ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको  छ।
 

आजको बजारको विषयबारे बजार जानकार नयन बास्तोला भन्छन्, ‘आजबाट बुल सुरु भएको मान्न सकिन्छ किन कि बजार २ हजार १०० माथिको मनोबैज्ञानिक विन्दुमा भोलुमसहित टिकेको छ,यसले बजारलाई सकारात्मक रुपमा अगाडि बढाएको मान्न सकिन्छ ।’

उनका अनुसार बजारमा सेक्टर वाइज रोटेसन चलेको देखिन्छ। ब्याजदर घट्नु र तरलता बढ्नु जस्ता विषयले बजारमा बढोत्तरी आएको हो ।
 

अर्का बजार जानकार महेश रिजाल भन्छन्,‘बजार रोटेसन हुँदै अगाडि बढेको छ,  अहिले माघ महिना लागेसँगै बजारमा सेयर लोन पनि आउन सक्छ,यो समय लगानीको लागि उपयुक्त समय पनि हो किनकि बजार तल्लो विन्दुमै छ, फागुन महिनालागेपछि केहि मुद्दती निक्षेपहरु पनि परिपक्व हुन्छन्, संस्थागत लगानीकर्ताहरु पनि बजार पसेकाले अब बजार माथि जाने नै हो ।’
 

आज नेप्से उपसमूहमा रहेका १३ वटा उपसमूहमध्ये होटल एन्ड टुरिजम र म्याचुअल फन्ड बाहेक अरु सबै समूहमा हरियाली छाएको छ । यो दिन सबैभन्दा बढी जलविद्युत् समूह बढेको छ । यो दिन उक्त समूह ४.५८ प्रतिशतले बढेको छ ।

त्यसैगरी दोस्रोमा अन्य समूह २.७७ प्रतिशतले बढेको छ । त्यस्तै लघुवित्त समूह १.९६ प्रतिशतले बढेको छ । यसका साथै वित्त समूह १.५५ प्रतिशतले बढेको छ । यस्तै विकास बैंक र लगानी समूह समान १.२४ प्रतिशतले बढेको छ । यसैगरी, यो दिन होटल एन्ड टुरिजम ले घटेको छ ०.०१ प्रतिशतले घटेको छ ।

धेरै कारोबार गर्ने कम्पनीहरु
नेपाल रिइन्स्योरेन्सतर्फको संस्थापकतर्फको बराबरको ३५ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सोनापुर मिनरल्स एन्ड आयलको २४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।त्यस्तै हाथवे इन्भेष्टमेन्ट नेपालको ११ करोड ८३ लाख बराबरको सेयर कारोबार भएको छ ।

यसैगरी,अरुण भ्याली हाइड्रोपावरको ११ करोड १४ लाख बराबरको सेयर कारोबार भएको छ ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
यो दिन १२ ओटा अलग- अलग कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

यो दिन हिमालयन पावर पार्टनर,कालिका पावर कम्पनी, मध्यभोटे कोशी,तेह्रथुम पावर कम्पनी, मुक्तिनाथ कृषि कम्पनी,त्रिशुली जलविद्युत कम्पनी, माथिल्लो मैलुङखोला हाइड्रोपावर सेयरमूल्यमा सकारात्मक सर्किट  लागेको छ ।

त्यसैगरी नेपाल वेयर हाउजिङ,हिमालयन रिइन्स्योरेन्स,दिब्यश्वरी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, डोल्टी पावर कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट  लागेको हो ।
त्यसैगरी, यो दिन मेगा म्युचुअल फन्डको इकाईमूल्य ९ं५३ प्रतिशतले घटेको छ ।

त्यस्तै निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ४.३१ प्रतिशतले घटेको छ ।