काठमाण्डौ । कैलाश विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ५५ करोड ३२ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो नाफा ५० करोड २५ लाखमा सीमित थियो । 

तर, यो बैंकले संभावित जोखिम व्यवस्थापनबाट ६ करोड ३६ लाख राइट ब्याक गरेपछि मात्र नाफा बढाउन सकेको देखिएको छ । 

बैंकले व्यवसाय बिस्तारमा ध्यान दिएका कारण खूद ब्याज आम्दानी ९६ करोड २६ लाख गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ८७ करोड ७७ लाख रुपैयाँ थियो । 

अघिल्लो वर्ष ६३ करोड ६९ लाख रहेको संचालन नाफा बढेर ७० करोड ८७ लाख पुगेको छ भने ५४ करोडमा सीमित रिजर्बकोषको आकार बढाई १ अर्ब ९ करोडको उचाई चुमाएको छ । 

समीक्षा अवधिमा बैंकले २२ अर्ब ८६ करोड निक्षेप संकलन गरी २० अर्ब १२ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष १७ अर्ब १७ करोड निक्षेप संकलन गरी १५ अर्ब ४ करोड कर्जा परिचालन गरेको थियो । 

यो अवधिमा बैंकले ०.८८ प्रतिशतमा रहेको खराब कर्जाको अनुपातलाई घटाएर ०.३२ प्रतिशतमा झार्ने सफलता पाएको छ । बैंकको कोष लागत खर्च ८.९५ प्रतिशत रहेको छ भने समीक्षा अवधिमासम्म ७६.०८ प्रतिशतको सीसीडी कायम रहेका देखिएको छ । 

यो अवधिमा बैंकले २१.९४ रुपैयाँ प्रतिसेयर आम्दानी गरेको देखिएको छ ।