काठमाण्डौ । आज बजार दिनभर नै घटेर कारोबार भएको छ। कारोबारको हिसाबले आज अक्टोबरयता करिब ६ महिनापछि नै कम कारोबार भएको छ। बजारले करोबारमा पनि दैनिक नयाँ–नयाँ लो बनाउँदै गएको छ।

मुभिङ एभरेजको आधारमा बजारलाई हेर्दा यदि २०० दिनको रेखालाई ५० दिनको रेखाले तलबाट काट्छ भने त्यसलाई गोल्डेन क्रस ओभर भएको मानिन्छ। (हेर्नुहोस् हरियो एरो) 

त्यसविपरीत यदि ५० दिनको रेखाले २०० दिनको रेखालाई माथिबाट काट्छ भने त्यसलाई डेथ क्रस ओभर भनेर बुझिन्छ। (हेर्नुहोस् रातो एरो) 

मुभिङ एभरेजका आधारमा बजारलाई हेर्दा पछिल्लोपटक बजारले ६ महिनाभित्र २ पटक डेथ क्रस बनाएको छ भने एक पटक गोल्डेन क्रस ओभर पनि बनाएको छ। बजारले करिब २०२१ नोभम्बरको तेस्रो सातामा पहिलो डेथ क्रस बनाएको थियो। त्यसयता बजार १ हजार अंकले गिरावट आएको छ। (हर्नुहोस् पहिलो रातो एरो) 

यसैगरी बजारले २०२३ जनवरीको पहिलो साता गोल्डेन क्रस ओभर पनि  बनाएको थियो। तर, त्यो लामो समय टिक्ट सकेन। 

पछिल्लोपटक मुभिङ एभरेजमार्फत नै हेर्दा अघिल्लो महिना अप्रिलको मध्यतिर बजारमा दोस्रो डेथक्रस ओभर बनेको छ। (हेर्नुहोस् दोस्रो राता एरो) 

प्राविधिक रुपमा मुभिङ एभरेजमार्फत बजारलाई हेर्दा यो भनेको भ्यालु इन्भेस्टरहरु बजार छिर्ने अवसर पनि हुन सक्छ। किनकि अघिल्लोपटकको   बियरिस बजारमा गोल्डेन क्रस ओभरपछि डेथ क्रसओभर बनेको थियो। त्यसको केही समयमा बजारमा बुल यात्रा सुरु भएको देखिन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो कारोबारका लागि सिफारिस भने होइन।