काठमाण्डौ। कोरोनाभाइरसको उद्गस्थल चीनको वुुहान सहरमा ७६ दिनको लामो लकडाउन अन्त्य भएपछि मानिसहरु स्वतन्त्र भएर खुुला आकाशमुुनि सास लिइरहेका छन्।

वुहान सहरमा अहिले उल्लासको वातावरण सिर्जना भएको छ। मानिसहरु साथीभाइ, इष्टमित्र र आफन्तसँग भेटघाटमा व्यस्त छन्। 

मानिसहरु लकडाउनको लामो अवधिमा गर्न नपाएका काम, इच्छा र आंकक्षाहरु पूरा गरिरहेका छन्। यस्तै खानाकी पारखी एक महिलाले एकैदिन ७६ परिकारका ब्रेकफास्ट अर्डर गरेकी छन्। ती महिलाले गरेको अर्डरको अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

लकडाउले गर्दा आफ्नो मर्नपर्ने स्वादका खानेकुुरा चाख्न नपाएकी ती महिलाले लकडाउन खुुल्नेबित्तिकै ७६ परिकारका खानेकुुरा अर्डर गरेकी हुुन्। उनले ७६ दिनको लकडाउनको अवधिमा ७६ प्रकारकै खानेकुुरा मिस गरेकाले यतिधेरै अर्डर गरेको बताएकी छन्। 

महिलाले अर्डर गरेका खानेकुुरालाई डेलिभरी ब्वाईले एउटा ठूलो लठ्ठीमा झुुन्डाएर महिलाको घरसम्म लगेका थिए। उनी आफूलाई मन पर्ने खानेकुुरा खान यति हतारमा थिइन् कि लकडाउन खुुलेको दिनको बिहान ६ः३३ मा पहिलो अर्डर दिएकी थिइन्। लकडाउन हटेर आफ्नो मनपर्ने खानेकुुरा खान पाउँदा खुुसी लागेको उनले मिडियाहरुलाई बताएकी छन्। –एजेन्सी