काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयरबजारमा झिनो अंकको गिरावट आएको छ ।

नेप्से इन्डेक्स २.१७ अंकले घटेर १ हजार ८९४ विन्दुमा कायम भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकहरु मध्ये ५ इन्डेक्स बाहेकका सबै सूचकहरु राताम्य भएका छन् ।

बीमा समूहका दुईवटै इन्डेक्स समेत घटेका छन् । जीवन बीमा उपसूचक ०.०६ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.०२ प्रतिशतले घटेको छ । 

बीमा उपसूचकहरु घटेपनि आज ८ कम्पनीको सेयरभाउ भने बढेका छन् । आज सर्वाधिक कमाउने अर्थात् सेयरभाउ बढ्ने कम्पनीमा एलआईसी नेपाल रहेको छ । कम्पनीको सेयरभाउ १.६६ प्रतिशत अर्थात् २३ रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँ पुगेको छ । 

त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सको सेयरभाउ ०.९१ प्रतिशत अर्थात् ५ रुपैयाँले बढेर ५५२ रुपैयाँ पुगेको छ । त्यस्तै, रिलायबल नेपाल लाइफको ०.८१ प्रतिशत अर्थात् ३.८० रुपैयाँले बढेर ४६९.९० रुपैयाँ, सन नेपाल लाइफको ०.७५ प्रतिशत अर्थात् ३.५० रुपैयाँले बढेर ४७२ रुपैयाँ पुगेको छ । 

यसैगरी, सानिमा जिआइसीको ०.४३ प्रतिशत अर्थात् २ रुपैयाँले बढेर ४६७ रुपैयाँ, सिद्धार्थ प्रिमियरको ०.४२ प्रतिशतले बढेर ७२५ रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ०.१६ प्रतिशतले बढेर ४९९.८० रुपैयाँ र एनएलजी इन्स्योरेन्सको ०.१५ प्रतिशतले बढेर ७४८ रुपैयाँ पुगेको छ । 

साथै आज बीमा कम्पनीहरुमध्ये सर्वाधिक गुमाउने अर्थात् सेयरभाउ घट्ने कम्पनीमा सूर्यज्योति लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.४२ प्रतिशतले घटेर ५०६.७० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्यारेन्सको १.१८ प्रतिशत, नेपाल लाइफको ०.७४ प्रतिशत, नेको इन्स्योरेन्सको ०.७२ प्रतिशत, सलिकोको ०.६० प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.५४ प्रतिशत र नेपाल इन्स्योरेन्सको ०.०१ प्रतिशतले सेयरभाउ घटेको छ । 

आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा ५ वटा जीवन बीमा कम्पनी परेका छन् । सर्वाधिक रिलायबल नेपाल लाइफको ४ करोड ५४ लाख, सिटिजन लाइफको ४ करोड ४६ लाख, आइएमई लाइफको ३ करोड २ लाख, सन नेपाल लाइफको २ करोड ६८ लाख र हिमालयन लाइफको २ करोड ५५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।