काठमाण्डौ । साताको चौथो कारोबार दिन बुधवार सेयर बजार ९.२४ अंकले उकालो लागेको छ ।
योसँगै नेप्से परिसूचक १ हजार ९६७.९७ को विन्दुमा बन्द भएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.५१ अंकले उकालो लागेर ३७४.९० को विन्दुमा बन्द भएको छ ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूह मध्ये बैंकिङ्ग समूह बाहेक अरु सवैमा हरियाली छाएको छ ।
आज नेप्से सूचीकृतमध्ये २८४ कम्पनीका ७० लाख ६१ हजार ४०४ कित्ता सेयर १ अर्ब १८ करोड ९९ लाख ३१ हजार ३८५ रुपैयाँमा किनबेच भएका छन् ।
बजार जानकार केशव कोइराला भन्छन्, ‘हिजोसम्म दसैँखर्च र ब्याजको दबाब थियो, त्यो चाहिं सकिदै गएको देखिन्छ ।अब नेपाल राष्ट्र बैंकले माग बढाउने काम गरेमा र नेपाल धितोपत्र बोर्डले हकप्रद र प्रिमियममा शेयरको सप्लाई बढाउने काम बन्द गरेमा बजारले गति लिन सक्छ ।’
उनले १२ करोड क्यापको विषयमा लगानीकर्ता प्रष्ट नहुँदा आक्रामक रुपमा खरीद पनि गर्न नसकेको र बिक्री गर्न पनि नचाहेको अबस्था रहेको बताए ।
अर्का बजार जानकार नयन बास्तोलाले पनि १२ करोडको क्यापको समाचारले अन्यौलता छाएको बताए ।
उनी भन्छन्, ‘लगानीकर्तामा मनोबल बढ्न सकेको छैन ।कुनै नीतिगत परिवर्तन आउने भए, समयमै आउनु पर्यो र लगानीकर्तालाई झुलाएर रा्ख्ने काम कसैले गर्नु भएन । अहिले सडक र सदन दुवैमा यसबारे चर्चा चल्दा पनि गभर्नरले किन ढिलाइ गरेका हुन् बुझ्न सकिएको छैन ।’
यो दिन बैकिंग समूहमा कुनै परिवर्तन भएन । उता जलविद्युत समूह सर्वाधिक १.३७ प्रतिशतले बढेको छ । वित्त समूह १.०४ प्रतिशत, विकास बैंक समूहमा ०.५९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.५२ प्रतिशत, लगानी समूहमा ०.३४ प्रतिशत, जीवन बीमा समूहमा ०.५० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.३१ प्रतिशत, लघुवित्त समूहमा ०.४९ प्रतिशत,म्युचुअल फन्ड समूहमा ०.०५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.६० प्रतिशत, अन्य समूहमा०.३३ प्रतिशत र व्यापार समूहमा ०.८२ प्रतिशतको बढोत्तरी भएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन सन नेपाल लाइफको सर्वाधिक ६ करोड ९३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। रिलायबल नेपाल लाइफको ४३ करोडभन्दा बढीको कारोबार भएको छ ।
धेरै कमाउने र धेरै गुमाउने
आज मध्यभोटेकोशी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीका सेयरधनीहरु मालमाल भएका छन् । यसैगरी बुद्धभूमि हाइड्रोपावरको सेयरमूल्य पनि ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै इन्फिनीटी लघुवित्तको सेयर मूल्य ९.८५ प्रतिशतले बढेको छ ।सीवाईसीएल लघुवित्तको सेयरमूल्य ७.६२ प्रतिशतले बढेको छ ।
यो दिन समता लघुवित्तका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरभाउमा ६.६१ प्रतिशतको हाराहारीको गिरावट आएको छ । हिमालयन लघुवित्तको सेयरभाउ पनि ४.५५ प्रतिशतले तल झरेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19