काठमाण्डौ । पश्चिम अफ्रिकी देश नाइजरले पहिलोपटक कच्चा तेल निर्यात गर्ने भएको छ ।

नाइजरले सन् २०२४ जनवरीदेखि कच्चा तेल निर्यात गर्ने योजना बनाएको त्यहाँका सैन्य प्रमुख अब्दोरहमे टियानीले बताएका हुन् ।

देशको कोटोनाउ राज्यमा रहेको बेनिन बन्दरगाहबाट पहिलोपटक व्यवसायिक तहमा कच्चा तेल निर्यात गर्न लागिएको उनले बताए । 

नाइजरले नयाँ पाइपलाइन प्रोजेक्टमार्फत कच्चा तेलको निर्यात सुरु गर्नेछ । यो पाइपलाइन गत नोभेम्बरमा लञ्च गरिएको थियो । यो पाइपलाइनले नाइजरको अगाडेम आयल फिल्डलाई बेनिनमा रहेको कोटोनोउ बन्दरगाहसँग जोड्ने छ । 

नाइजरमा अहिले प्रतिदिन २० हजार ब्यारेल क्षमता भएको सानो रिफाइनरी छ । यसले नाइजरको घरेलु बजारमा आपूर्ती गरिरहेको छ । -एजेन्सी