काठमाण्डौ । सेयर बजारमा आज करिब ५४ अंकको गिरावट आएको छ। खासगरी आज बजार अघिल्लो साताको अन्तिम कारोबारमा आएको गिरावटकै निरन्तरता पनि देखिन्छ। 

बजारलाई प्राविधिक रुपमा हेर्दा आज बियरिस मारुबुजु क्यान्डल बनेको छ। अघिल्लो साताको अन्तिम कारोबारमा बजारले डार्क क्लाउड कभर बनाएको थियो। आजको बियरिस क्यान्डलले त्यसलाई भ्यालिड गरेको देखिन्छ। 

आज कारोबारको अन्तिम समयमा भोलुमसहित गिरावट आएका कारण पनि बजारमा बिक्री दबाब रहेको  बुझ्न सकिन्छ। योसँगै बजार २१०० को विन्दुबाट पनि तल झरेको छ। 

बजारलाई आवरली बेसमा बोलिंगर ब्यान्डमार्फत हेर्दा आज मध्य ब्यान्डबाट तल झरेको छ। अब बजारले तल्लो ब्यान्डमा सपोर्ट लिन आउन सक्छ। त्यो भनेको करिब २०७० को विन्दु हुन सक्छ। 

आवरली बेसमै म्याक्डीमार्फत हेर्दा बियरिस क्रसओभर बनेको छ भने हिस्टोग्राम नेगेटिभ बनेको छ। आरएसआईमार्फत हेर्दा बजार ७० को ओभरबट जोनबाट खसेर हाल ४३ को तहमा आएको छ। यस्तो विन्दु बजार घट्दा ओभर सोल्ड जोन ३० सम्म आउन सक्छ। 

केही दिनदेखि घटेको बजारलाई पिभटमार्फत हेर्दा अबको पहिलो सपोर्ट भनेको २०७० मा देखिन्छ। दोस्रो सपोर्ट भनेको १९९० मा र तेस्रो सपोर्ट १९२१ को विन्दुमा रहेको देखिन्छ। 

बढेमा भने बजारले क्रमशः पिभट प्वइन्ट २१३८, २२१८ र २२८६ मा प्रतिरोध सामना गर्न सक्छ। 

बजारलाई फिवनासीमार्फत सपोर्ट हेर्दा  पछिल्लोपटकको न्यून विन्दु १८०८ देखि २२०० सम्म फिवनासी तानेर हेर्दा आज बजारले ०.२३ को सपोर्ट विन्दु २११० लाई ब्रेक डाउन दिएको छ। अबको ०.३८ को सपोर्ट भनेको करिब २०६० मा देखिन्छ। यस हिसाबले पिभट र फिवनासी दुवैमार्फत हेर्दा आज २०९७ मा बन्द भएको बजारले अब २०६० देखि २०७० को कुनै पनि विन्दुबाट सपोर्ट लिन सक्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।