काठमाण्डौ । दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले गत जुलाईमा सबैभन्दा सस्तो र इन्ट्री लेभल एसयूभी ‘हुन्डाई एक्स्टर’ सार्वजनिक गरेको थियो। हुन्डाई एक्स्टरले टाटा पञ्चलाई टक्कर दिइरहेको छ। 

पछिल्लो अपडेटअनुसार हुनडाई एक्स्टररले यो ३० दिनको अवधिमा ५० हजार युनिटभन्दा बढी बुकिङ प्राप्त गरेको छ। यो कारको सुरुआती मूल्य भारु ५.९९ लाख रहेको छ। टप भेरियन्टको मूल्य भने भारु ९.३१ लाख रहेको छ। 

कम्पनीले यो कारमा दुईवटा विशेष फिचर दिएको छ। पहिलो– इलेक्ट्रिक सनरुफ र दोस्रो ड्यासक्याम। यी दुवै फिचर टाटा पञ्चको पेट्रोल भेरियन्टमा उपलब्ध छैनन्। यद्यपि, यी फिचर पञ्चको सीएनजी भर्जनमा उपलब्ध छ। 

हुन्डाई एक्स्टरको बेस भेरियन्टले ग्राहकलाई इलेक्ट्रिक सनरुफ उपलब्ध गराएको छैन। तर, यसले स्ट्यान्डर्ड फिचरका रुपमा ६ वटा एयरब्याग पाउँछ।

हुन्डाई एक्स्टरमा ग्राहकले २ वटा पेट्रोल इन्जिनको अप्सन पाउँछन्। यसमा १.२ लिटर पेट्रोल इन्जिन र १.२ लिटर पेट्रोल र सीएनजी (पेट्रोल–सीएनजी) इन्जिनको अप्सन छ। दुवै अप्सनमा ग्राहकले ५ स्पिड म्यानुअल ट्रान्समिसन पाउनेछन्। 

यसबाहेक पेट्रोल इन्जिन विकल्पमा स्मार्ट अटो एएमटी पनि उपलब्ध छ। कारको इन्जिनले एमटी र एएमटी भेरियन्टमा ८१.८६ बीएचपीको पावर र ११३.८ एनएमको टर्क जेनेरेट गर्छ। 

यसबाहेक सीएनजी भेरियन्टले ६८ बीएचपी पावर र ९५.२ एनएम टर्क जेनेरेट गर्नेछ। कारमा ३९१ लिटर बुट स्पेस पाइनेछ। 

कम्पनीले यो कार ५ ट्रिममा लन्च गरेको छ। कम्पनीले कारका सबै भेरियन्टमा २६ सेफ्टी फिचर दिएको छ। यसमा ईएससी (इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल), भीएसएम (भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट) र एचएसी (हिल असिस्ट कन्ट्रोल)जस्ता फिचर समावेश छन्। यसका अलावा कारमा ३ प्वइन्ट सिटबेल्ट्स, सिटबेल्ट रिमाइन्डर, किलेस इन्ट्री, एबीएस विथ ईबीडी, रियर पार्किङ सेन्सरलगायतका थुप्रै फिचर दिइएका छन्।

यसबाहेक कारमा ४० वटा एड्भान्स सेफ्टी फिचर दिइएको छ। यसमा हेडल्याम्प एस्कर्ट फंक्सन, अटो हेडल्याम्प, आईएसओफिक्स, रियर पार्किङ क्यामेरालगायतका धेरै फिचर छन्। यसबाहेक सबै भेरियन्टमा ६ वटा एयरब्याग पनि उपलब्ध छन्। 

एक्सटिरियरमा पनि थुप्रै सुविधा दिइएको छ। –एजेन्सी