– अर्जुन तिमिल्सिना
काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिनमात्रै कारोबार भएको छ। जसमा ३ दिन बजार बढ्यो भने एक दिन घटेको छ।
साताको पहिलो कारोबार आइतबार डिसेम्बर २५ मा क्रिसमसका कारण सरकारले सार्वजनिक बिदा दिएको थियो । त्यसपछिका ४ दिन बजारमा लगातार कारोबार भएको थियो।
अघिल्लो साता १८६७.२१ मा बन्द भएको बजार यो साता २०२९.०३ मा बन्द भएको छ। यस हिसाबले यो सातामात्रै सेयर बजारमा १६१.८२ अंकले बढोत्तरी आएको छ। यस्तो कारोबार अघिल्लो साता लगभग १५ अंकले गिरावट आएको थियो।
यो साता सेयर बजारमा लामो समयपछि १० अर्ब ८३ करोड १८ लाख रुपैयाँबराबरको कारोबार भएको छ। यस्तो कारोबार अघिल्लो साता जम्मा ४ अर्ब ८५ करोड रुपैयाँको भएको थियो। यस हिसाबले यो साता सेयर बजारमा गत साताको तुलनामा डब्बल कारोबार भएको छ।
प्राविधिक पक्ष
क्यान्डल स्टिकका आधारमा
यो साता क्यान्डल स्टिकका आधारमा नेप्सेको चार्टमा साप्ताहिक रुपमा बुलिस मारुबुजु क्यान्डल बनाएको छ (हेर्नुहोस् कालो एरो)। यसले बजार यो साता लामो समयपछि यसअघि बनेका १५ वटा क्यान्डललाई कभर गरेको देखिन्छ। यसले बजार मजबुत र बलियो बन्दै गएको बुझिन्छ।
सुपर ट्रेन्डका आधारमा
दैनिक चार्टमा सुपर टे«न्डका आधारमा यो साता मूल्यरेखाले ट्रेन्ड लाइनलाई तलबाट काटेको छ। यसले बजारमा खरिद सिग्नल मिलेको बुझिन्छ (हेर्नुहोस् कालो एरो)। योसँगै दैनिक चार्टमा २ वटा हरिया क्यान्डल बनेका छन्। यसले बजारम बुलिस बन्दै गएको कन्फमेसन दिएको छ।
बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा
साप्ताहिक रुपमा बजारलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा बजारले यो साता बुलिस मारुबुजु क्यान्डलले मध्य ब्यान्डलाई ब्रेक गरे माथि गएको छ। यसले बजार मजबुत बन्दै गएको देखिन्छ। (हेर्नुहोस् कालो एरो)
साप्ताहिक रुपमा नै म्याक्डीमार्फत बजारलाई हेर्दा करिब एक महिनाअगाडि नै बनेको बुलिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको बुझिन्छ।
साप्ताहिक चार्टमा नै आरएसआईमार्फत हेर्दा बजारले गएको जुन माहिनादेखि नै ओभर सोल्ड जोन ३० भन्दा तलबाट फर्केर हाल न्युट्रल जोन ५२ को तहमा पुगेको देखिन्छ। यसले बनार अप ट्रेन्डको यात्रा तय गरेको बुझिन्छ। समग्रमा तीन वटै इन्डिकेटरलाई मिलाएर हेर्दा बजारले विस्तारै सम्हालिएर अप ट्रेन्ड लिँदै गरेको देखिन्छ। यसले बजार बुलिस डाइभर्जेन्स बनाएको बुझिन्छ। बुलिस डाइभर्जेन्स भनेक यदि सूचक तथा मूल्य रेखाले लोवर लो बनाउँछ तर म्याक्डी तथा आरएसआई जस्ता इन्डिकेटरले हायर लो बनाउँछ भने त्यस्तो अवस्थाको बजारलाई बुलिस डाभर्जेन्स अर्थात् राइजिङ बुलिस मुभमेन्टम पनि भन्न सकिन्छ।
पिभट प्वइन्ट
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्टः १९३६
घटेमा सपोर्ट
निष्कर्ष
यो साता सेयर बजारमा झन्डै १६२ अंकले बढोत्तरी भएको छ। साप्ताहिक रुपमा पनि यो साता लामो समयपछि बजारमा ठूलो अंकले भोलुमसहित बढोत्तरी आएको छ। यो साता सेयर बजारमा झन्डै ११ अर्ब रुपैयाँबराबर कारोबार भएको छ। यस हिसाबले यो साता भोलुम र कारोबार दुवैम बढोत्तरी आयो।
प्राविधिक रुपमा पनि बजारमा इचिमोकु तथा सुपर ट्रेन्डले बुलिस यात्रा तय गरेको देखिन्छ। बजारको मूल्यरेखा र आरएसआई तथा म्याक्डीलाई संयुक्त रुपमा हेर्दा बजारमा हाल बुलिस डाइभर्जेन्स बनाएको देखिन्छ।
साप्ताहिक रुपमा नै क्यान्डल स्टिकलाई हेर्दा बुलिस मारुबुजु क्यान्डल बनाएको देखिन्छ। यस हिसाबले आगामी साता पनि बजारको बुलिस यात्रा निरन्तरता पाउने देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago