काठमाण्डौ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले सन् २०२४ को निर्वाचन नजिते अमेरिकी सेयर बजार क्र्यास हुने बताएका छन् ।

फक्स न्युज टाउन हलमा बोल्दै रिपब्लिकन पार्टीका नेता ट्रम्पले यस्तो बताएका हुन् ।  

उक्त अवसरमा बोल्दै ट्रम्पले सेयर बजारबाहेक अमेरिकाको अर्थतन्त्रको अवस्था एकदमै खराब रहेको बताएका छन् । उनले अमेरिकी सेयर बजारमा अहिले देखिएको वृद्धि पनि आफ्नो कारण भएको दाबी गरेका छन् । चुनावको प्रारम्भिक पोलमा आफ्नो अग्रता देखिएकाले सेयर बजारमा उत्साह र वृद्धि देखिएको ट्रम्पले ठोकुवा गरेका छन् । 

यस्तै ट्रम्पले आफुले चुनाव नजिते देशमा ठूलो संकट आउने भविष्यवाणी समेत गरेका छन् ।

आगामी नोभेम्बरमा हुने निर्वाचनमा आफुले विजय हासिल नगरे अमेरिकाको सेयर बजारमा गिरावट आउने र १२ महिनाभित्र देशमा आर्थिक संकट निम्तिने ट्रम्पले दाबी गरे । -एजेन्सी