काठमाण्डौ। कोरोनाभाइरसको बढ्दो प्रकोपका कारण विश्वभरिका मानिसहरु सामाजिक दूूरी कायम गरिरहेका छन्।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि विश्वका अधिकांश देशहरु लकडाउन गरिएपछि मानिसहरु आफ्नै घरमा बन्द छन्। विश्वमा अहिले करोडौँ कर्मचारी घरबाटै काम (वर्क फ्रम होम) गरिरहेका छन्। 

विश्वभरका कर्मचारीहरुले डाइनिङ रुम, बेडरुम, किचनलगायत घरभित्रै आफ्नो अफिस बनाई कब्जा गरिरहेका छन्। यद्यपि आफ्नी श्रीमतीका साथ कम गर्न झन् रोमाञ्चक हुुुन्छ तर एक समयपछि भने त्यो तनावमा परिणत हुुन्छ। 
 

यस दौरान वर्क फ्रम होम, बच्चाहरुको हेरचाहजस्ता कतिपय जिम्मेवारीसँगै जीवनसाथीसँग राम्रो सम्बन्ध बनाइराख्नुु चुनौती भएको छ। हामी तपाइँहरुलाईं जीवनसाथीसँग स्वस्थ सम्बन्ध बनाइराख्न अफिसको कामलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे टिप्स दिँदैछौँ।
 

सिफ्ट तयार गर्नुहोस्

जीवनसाथीसँग २४ घण्टा सँगै रहँदा झगडाको डर हुुनसक्छ। यस्तो बेलामा काम गर्ने सिफ्ट तय गरी दिनभरिको जिम्मेवारी आपसमा बाँड्नुुपर्छ। यसका साथै दिनको अन्तमा एउटा सानो मिटिङ राखी कामको प्रगति समीक्षा र भोलिको योजनाबारे खुुलेर छलफल गर्नुुहोस्।
 

जीवनसाथीसँग सहकर्मीजस्तो व्यवहार नगर्नुुहोस्
 

तपाइँ घरबाटै काम गरिरहनुु भएको हुुनाले अफिसका सहकर्मीसरह आफ्नो जीवनसाथीसँग व्यवहार नगर्नुुहोस्। आफ्नो मनमा खेलेको कुुराहरु उनीसँग सेयर गर्नुुहोस्। आफ्नो कामको चर्चा गर्नुुहोस् र जीवनसाथीसँग अझ राम्रो गर्न सुुझाव माग्न सक्नुुहुुुन्छ।
 

कुराकानी सेयर गर्नुुुहोस्

जतिबेला तपाइँलाई अफिसको कामबाट फुुर्सद मिल्छ त्यति नै बेला आफ्नो जीवनसाथीसँग आफ्नो कुरा राख्नुुहोस्। यसो गर्दा एकअर्कालाई राम्रोसँग बुुझ्ने मौका मिल्छ। आफ्नो मनका कुुरा जीवनसाथीसँग साट्न ढिला नगर्नुुहोस्।

सम्बन्धका बारे कुुुरा गर्नुुहोस्

जीवनसाथीसँग आफ्नो सम्बन्धका बारे पनि चर्चा गर्दै गर्नुुहोस्। ऊ अथवा उनी के चाहन्छन् वा चाहन्छिन्, यो विषयका बारेमा पनि जान्न कोशिस गर्नुुहोस्। दिनभरिका कामका बारे सोधपुुछ र हालचाल बुुझ्नुुहोस्।

तारिफ र प्रशंसा गर्नुुहोस्

आफ्नो जीवनसाथीको तारिफ गर्नुुहोस् साथै उसको कामलाई हौसला पनि बढाइदिनुुुहोस्। तपाईँले सँगै गरिरहनुुभएको कुनै कार्यमा एकअर्कालाई धन्यवाद पनि दिनुुुहोस्।

नजिक रहनुुुहोस् तर पर्याप्त दूूरी पनि बनाउनुुहोस्

सम्बन्धमा पनि पर्सनल स्पेस हुुन धेरै जरुरी हुुन्छ। जुुन यो लकडाउनका अवधिमा लगभग पुुुरै अस्तव्यस्त भइरहेको छ। तपाइँ आफ्नो लागि पनि समय निकाल्नुुहोस्। – एजेन्सी