-आर.आर. हरिकृष्ण जोशी
प्रत्येक व्यक्ति सफलता प्राप्त गर्न चाहान्छ । सबैभन्दा ठूलो बनुन्, सबैले मलाई मानुन, प्रशस्त धन सम्पत्ति कमाएर एक सफल ब्यक्तिको रुपमा चिनिम भन्ने कसको ईच्छा नहोला ? तर विडम्बना मेहनत गर्ने र धैर्य गर्न सक्ने क्षमता हामीमा छैन । चाहाना आउने वित्तिकै, सोच्ने वित्तिकै या काम शुरु गर्ने वित्तिकै सफलता मिलोस् भन्ने चाहान्छौ र मिलेन भने भगवानलाई सरापी हाल्छौ।
चाहने बित्तिकै बजार गएर सामान किनेर ल्याएजस्तो सफलता किन्न पाइँदैन र यो बजारमा बिक्ने वस्तु पनि होईन । । मैले सोचे जस्तो भइदिएको भए भनेर होईन कि किन भएन र अब के गर्न सकिन्छ भनेर सोधखोज गर्न नलाग्नु र थप मेहनत गर्न नरुचाउनुले धेरै मानिसहरु सफलताबाट बिमुख भएका छन् । जोयस मायरको भनाई नै छ नि ‘म त्यहाँ छैन जहाँ पुग्न चाहान्थेँ, तर भगवानलाई यो कारणले धन्यवाद दिन चाहान्छु कि म अहिले त्यहाँ पनि छैन, जहाँ म पहिला थिएँ’ । हो शुरु गरेर अगाडि बढिसक्नुभएको छ तपाईको गन्तब्य छोटीदै छ । तपाईले भनेको समयमा नै प्राप्त भएन भनेर नआत्तिनुहोस, थप मेहेनत गर्नुहोस ।
जिन्दगी भनेको त सपनालाई वास्तविक रुपमा परिणत गरेर सफलता प्राप्त गर्नु नै हो । समस्याको समाधान नखोजी समस्याको अन्त्य चाहानुभयो भने त्यो सम्भब छैन । बितेको मात्र सोचेर बस्ने हो भने भोलिलाई परिवर्तन गर्न सकिन्न । तसर्थ जब समस्यासित जुधेर सही निर्णय गरेर अगाडि बढ्छौ, तब मात्र प्राप्त हुन्छ सफलता । आउनुहोस्् सफलता प्राप्त गर्न केही तरिकाहरुको बारेमा जानकारी लीऔ ।
कुरामा होईन काममा विश्वास गरौं।
एउटा गाउँमा एउटा किसान बस्थ्यो, जसकोे सम्पत्तिको नाममा अलिकति खेतबाहेक अरु केही थिएन, दिनरात मेहनत गरेर गुजारा चलाईरहेको थियो । बिस्तारै बच्चाहरु हुर्कदै थिए भनें बालबच्चा हुर्किँदै गर्दा उनीहरुको थप पढाई खर्च कसरी जुटाउने भन्ने उसलाई चिन्ता थपिदै गएको थियो ।
अनि किसानले सोच्छ, जिन्दगी कति जिन्दगी कति कठीन छ, एउटा समस्या नसकिँदै अर्को समस्या थपिइहाल्ने । लाग्छ मेरो जिन्दगीमा समस्या नै समस्या भन्दा अरु केही पनि छैन भन्ने सोच्न थाल्छ । यत्तिकैमा एक दिन गाउँमा एउटा बिद्वान साधु प्रबेश गरेको खबर फैलियो । बिद्वान भएको ठाउँमा गएपछि सबै समस्याको समाधान निस्किन्छ भनेर हल्ला फैलियो र त्यो कुरो त्यो किसानले पनि सुन्यो र मनमनै बिचार गर्यो: म पनि त्यो साधुकोमा जान पर्यो र मेरो समस्याबाट पनि मुक्ति पाउनु पर्यो भनी साधुकोमा जाने निर्णय गर्यो र गयो । जब साधुलाई भेट्न पायो र साधुलाई भन्यो–मैले जीवनमा धेरै संघर्ष गरेँ, तर मेरो दुःख कहिल्यै सकिएन । समस्या बरु थपिँदै गए, मैले यसबाट मुक्ति पाउँ हजुर भन्यो । अनि साधुले मुसुक्क हास्दै जवाफ दिए–भईहाल्छ नि आऊ मसँग भनेर संगै लगे । साधुले भईहाल्छ नि भनेर संगै जान भनेपछि खुशीले गदगद हँुदै साधुको पछि लाग्यो ।
धेरै टाढा पुगेपछि एउटा नदी आयो र नदीको किनारामा गई साधुले भने–नदी तरेर पारी गएपछि सबै समस्या चट् हुन्छ, म तिमीलाई सबै कुरा त्यहीँ भन्छु भनेर भनेछन् र नदीको किनारामा उभिएर बसेछन् । लामो समयसम्म उभिरहेपछि किसानको मनमा प्रश्न खेल्न थाल्यो । कोही आउँदैछ कि खोला तार्न कि भगवान नै आउँदैछन् कि भनेर कुरा खेल्यो । लामो समयसम्म कुर्दा पनि केही पार नलागेपछि किसानले साधुलाई सोध्यो–साधु हामी किन यहाँ उभिरहेका छौ ? हामी त पारि जाने भनेको होईन ? भनेपछि साधुले उत्तर दिएहो अहिले यो नदी ठुलो छ यत्तीकैमातर्न खोज्यो भने डुवाउछ त्यहीभएर नदी सुख्छ अनि जाउँला भनेर यहाँ बसेको भनेपछि किसानले फेरि सोधेछ–साधु यो नदी हो कहाँ सुक्नु ? यो त निरन्तर यसरी नै बगरिहन्छ ।
साधु मुस्कुराउँदै भन्छन्–हो जीवन पनि नदी जस्तै हो । जब नदीमा पानी सुक्दैन, त्यस्तै जीवनको समस्या पनि सकिन्न । त्यसैले समाधान गर्ने हो भने आँट पनि गर्नुपर्छ । सफलता चाहने हो भने समस्या समाधानतिर लागौ, भाग्ने र भगवान भरोसातर्फ लाग्ने मूर्खता नगरौं ।
सोचले बदल्छ जीवन
एक गाउँमा ३ जना किसानका पविार बस्थे । उनीहरु आर्थिक अवस्था कमजोर थियो । बाबु, आमा र एक जना छोरा थिए । समयको अन्तरालसंगै बाबु बिस्तारै बिरामी पर्दै गए र रोगले ग्रस्त भई मरे ।
अब किसानकी श्रीमतीलाई छोरालाई पढाउने खर्चसँगै जिविकोपार्जन गर्न दैनिक काम गरी गुजारा चलाउने जिम्मा पनि थपियो । छोरा बिद्यालय जान्थ्यो, एक दिन बेलुका छोराले आमालाई विद्यालयले चिठी पठाएको छ, लिनुस् भनेर दियो । आमाले पढिन् अनि बच्चाले सोध्यो–आमा के रहेछ त्यो पत्रमा ?
आमाले मुस्कुराउँदै भनिन्–बाबु यसमा त तपाईको छोरो पढ्न, खेल्न तथा अन्य गतिविधिमा अत्यन्त टाठो छ, हाम्रो बिद्यालयमा उसको सङ्गत गर्ने खालको बिद्यार्थी र उसलाई बुझाउनसक्ने गुरुहरु नै हुनुहुन्न, अर्कै बिद्यालय लगेर भर्ना गरिदिनुस भनेको छ । आमाको कुरा सुनेपछि छोरा खुशी भयो र आमाले दु.ख सु.खका साथअर्को बिद्यालय लगेर भर्ना गरिदिइन । छोराले एसएलसीमा राम्रो अंक ल्याउने सफलता पायो ।
आमा बिस्तारै बुढी हुँदै गइन र एकदिन आमा बितिन् । उसले आमालाई अति माया गथ्र्यो । आमा बितेपछि रुनुसम्म रोयो र आमालाई त्यहाँबाट उठाउने बेलामा सिरानीमा एउटा कागज फेला पारो र त्यो कागज पढ्यो । पढेपछि उसको होस उड्यो । त्यो पत्रमा लेखएिको रहेछ–तपाईको छोरोलाई पढ्न, खेल्न जति सिकाउँदा पनि आएन, तपाईको छोराका कारण अरु विद्यार्थी पनि बिग्रिने अवस्था आयो र शिक्षकहरुले तपाईको छोरालाई पढाउन पनि रुचाउँदैनन्, तसर्थ तपाईको छोरालाई अर्को बिद्यालयमा सार्नुस् नत्र हामी हटाउन बाध्य हुन्छौ भनेर लेखेको रहेछ ।
आमाले त्यो पत्र पढेपछि जसरी पनि आफ्नो छोरालाई पढाएर सफल बनाउन चाहान्थिन र बनाएरै छाडिन् ।
हो हाम्रो जिन्दगीमा पनि विभिन्न खालका उतारचढावहरु आइरहन्छन् । तिनीहरुलाई सकारात्मक सोचका साथ समस्या समाधानतिर मेहनत गरौ, अवश्य सफल भइन्छ ।
(लेखक बुटवलका बैंकर हुन्।)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago