 
                     
                                
                             
                                    काठमाण्डौ। सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मर्जर सम्झौताका विषयमा विभिन्न सञ्चारमाध्यममा आएका खबरप्रति ध्यानाकर्षण भएको जनाएका छन्।
दुवै कम्पनीले आज संयुक्त विज्ञप्ति जारी गर्दै मर्जर सम्झौता विषयमा विभिन्न सञ्चार माध्यममा आएका खबरप्रति ध्यानाकर्षण भएको जनाएका हुन्। ‘सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीमर्जरमा जाने सम्बन्धमा असार १२ मा दुवै कम्पनीबीच प्रारम्भिक समझदारी भएको हो’, विज्ञप्तिमा भनिएको छ, ‘तर, केही सञ्चार माध्यमहरुमा स्वाप रेसियो, प्रमुख कार्यकारी अधिकृतलगायतका विषयमा आमसरोकारवालामा भ्रम सिर्जना हुने गरी सूचना प्रवाह भएको विषयमा दुवै कम्पनीको ध्यानाकर्षण भएको छ।’
स्वाप रेसियो, प्रमुख कार्यकारी अधिकृतलगायत मर्जरसम्बन्धी आवश्यक सबै विषय कम्पनीहरुको डीडीएस, याक्चुरी भ्यालुएसन, बीमा समितिबाट तोकिएका आधारलगायत, प्रचलित कानुन र मापदण्डहरको आधारमा दुवै कम्पनीहरुको सहमति पश्चातमात्र टुंगो लाग्ने विज्ञप्तिमा जनाइएको छ। ‘त्यसैले यस्ता प्रकाशित समाचारहरुमा कुनै सत्यता नरहेको व्यहोरा आमसरोकारवालामा जानकारी गराउँदछौँ’, विज्ञप्तिमा भनिएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19