nepal sbi bank ltd.
काठमाण्डौ । बजार घटेर निराश बनेका लगानीकर्ताहरु माझ नेपाल एसबीआई बैंकको एफपीओ हटकेक नै बनेको छ । लगानीकर्ताहरुको अचाक्ली आकर्षणकै कारण ६ करोड ५८ लाख रुपैयाँको कुल एफपीओको आवेदन मागिएकोमा तेश्रो दिनसम्म ४३ गुणा बढी अर्थात करिब २ अर्ब ८२ करोड रुपैयाँ बढीको प्रस्ताव परेको हो ।
एसबीआईको एफपीओको निश्कासन तथा व्यवस्थापनका लागि बिक्री प्रबन्धकको काम गरिरहेको एनएमबी क्यापिटलका एक अधिकारीका अनुसार तेश्रो दिन मात्रै १५ हजार ८ सय ८० आवेदनहरुबाट १ अर्ब ३६ करोडको प्रस्ताव परेको छ । तीन दिनको अवधिमा कुल ३१ हजार ३ सय ७७ आवेदनबाट २ अर्ब ८२ करोड बढीको प्रस्ताव आएको हो ।
एफपीओका लागि आवेदन दिने अन्तिम दिन बिहीबार पनि भएकोले आवेदकहरुको संख्या अझ माथि जाने देखिएको छ । अन्तिम दिन बिहीबार आवेदन संकलन केन्द्रहरुमा निकै लामो लाइन रहेकाले समेत आवेदकहरु अझै बढ्ने देखिएको छ ।
लगानीकर्ताहरुलाई न्यूनतम १० कित्तादेखि अधिकतम ६७० कित्तासम्म एफपीओ भर्न पाउने व्यवस्था मिलाइएको थियो ।
हाल नेपाल एसबीआई बैंकको संस्थापक र साधारण सेयरधनीको स्वामित्व संरचना ७०.१२ : २९.८८ प्रतिशत रहेको छ । एफपीओपछि यो संरचना ७० : ३० मा रुपान्तरण हुनेछ ।
यो बैंकले यसअघि आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५३ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरिसकेको छ । यसका साथै, बैंकले ४० प्रतिशत हकप्रद सेयरको समेत प्रस्ताव गरेको छ ।
एफपीओ पाउने सेयरधनीहरुले समेत प्रस्तावित बोनस सेयर र हकप्रद पाउने भएकाले एसबीआईको एफपीओमा आवेदन दिनेहरुको संख्या अचाक्ली देखिएको हो ।
यो बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ करोड ४४ लाख खूद नाफा आर्जन गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago