काठमाण्डौ । कुनै पनि बैंक वा वित्तीय संस्थाबाट तपाइँले ‘होम लोन’ लिनुभयो । तपाइँले तोकिएको समयसम्म मासिक रुपमा साँवा–ब्याज बुझाउनुपर्ने हुन्छ । यसरी मासिक रुपमा बुझाइने रकमलाई इक्वेटेड मन्थली इन्स्टलमेन्ट (ईएमआई) भनिन्छ ।
तपाइँको आम्दानी एउटा ठूलो हिस्सा हरेक महिना ईएमआई भर्दैमा जान्छ । हरेक महिना ईएमआई भर्दा तपाइँलाई केही समस्या हुन सक्छ । खासगरी यदि तपाइँले यसअघि बैंक तथा वित्तीय संस्थाबाट लोन लिएर कुनै किसिमको ईएमआई भर्नुभएको छैन भने झनै कठिनाइ महसुस हुन्छ ।
त्यसैले आफ्नो होम लोनको ईएमआई भर्न वित्तीय अनुशासन, दूरदृष्टि र मनी म्यानेजमेन्ट स्किल हुन आवश्यक छ । यहाँ हामीले होम लोनको ईएमआई व्यवस्थापन गर्न सहज होस् भनेर केही टिप्सहरु राखेका छौँ–
१. आफ्नो लोनको लमसम पार्टपेमेन्ट गर्नुहोस्
लोनको लमसम पार्टपेमेन्टले तपाइँको बाँकी प्रिन्सिपल अमाउन्टका साथसाथै आफ्नो लोनको रिपमेन्ट पिरियडलाई धेरै हदसम्म कम गर्छ । त्यसैले तपाइँले आफ्नो लोनको सुरुआतमै लमसम तरिकाले पार्टपेमेन्ट गर्ने कोसिस गर्नुपर्छ किनकि त्यतिखेर प्रिन्सिपल अमाउन्ट धेरै हुन्छ । प्रिपेमेन्ट चार्जबारे जान्नका लागि तपाइँले बैंकका अधिकारीहरुसँग गर्नुहोस् र त्यहीअनुसार पार्ट प्रिपेमेन्ट प्लान बनाउनुहोस् ।
यसका अलावा फेस्टिभल बोनस वा पोलिसी म्याचुरिटी अमाउन्टका रुपमा जति आउँछ त्यसलाई पार्ट प्रिपेमेन्टमा प्रयोग गर्नुहोस् ।
२. ईएमआईका लागि अलग्गै फन्ड तयार गर्नुहोस्
तपाइँले पैसा बचाउन कोसिस गर्नुहोस् र त्यसलाई आफ्नो होम लोनको ईएमआई भर्न एउटा छुट्टै फन्ड बनाएर जम्मा गर्नुहोस् । तपाइँ ईएमआई भर्न बनाएको फन्डमा पैसा जम्मा गर्न तपाइँको कुनै इन्भेस्टमेन्ट अकाउन्टबाट पनि पैसा निकाल्न सक्नुहुन्छ । तर तपाइँले त्यसरी निकाल्ने पैसा त्यस्तो हुनु जरुरी छ जुन तपाइँ त्यति मुनाफा दिइरहेको छैन ।
तपाइँले होम लोन लिनुअघि आफ्नो बचतको रकम एउटा सर्ट टर्म इन्भेस्टमेन्ट प्लानमा जम्मा गर्नुहोस् । बुद्धिमानीका साथ प्लानिङ गर्नुहोस् ता कि ठीक समयमा तपाइँले होम लोन लिनुहोस् । तपाइँ यस्ता सर्ट टर्म इन्भेस्टमेन्ट प्लानमा जम्मा भएको रकम त्यतिखेर प्रयोग गर्नुहोस् जतिखेर तपाइँले होम लोन लिन र त्यसको ईएमआई भर्न सजिलो होस् ।
३. धेरै ईएमआई भएको अप्सन चुन्नुहोस्
ठूलो मासिक इस्टलमेन्टबाट तपाइँलाई डर लाग्न सक्छ तर यसले मासिक ब्याजदर बचाउन तपाइँलाई मद्दत गर्छ । यदि तपाइँ एउटा लङ र्टम लोन मनौँ ३० वर्षको अप्सन रोज्नुहुन्छ भने २० वर्षमा लोनको तुलनामा तपाइँको मासिक इस्टलमेन्ट कम हुन्छ तर कुल मिलाएर तपाइँले धेरै ब्याजदर तिर्नुपर्ने हुन्छ । त्यसैले हरेक महिना इस्टलमेन्टका रुपमा धेरैभन्दा धेरै पेमेन्ट बुझाउने कोसिस गर्नुहोस् । धेरै इस्टलमेन्ट रकम बुझाउँदा तपाइँको ब्याजमा थोरै रकम जानुका साथै छोटो समयमै तपाइँले आफ्नो होम लोनको किस्ता तिरिसक्नुहुनेछ ।
४. कम ब्याजदर भएको बैंक रोज्नुहोस्
मनौँ तपाइँले पहिले नै कुनै एउटा बैंकबाट होम लोन लिनुभएको छ । तर पछि तपाइँलाई थाहा भएको कि अर्को बैंकले कम ब्याजदरमा होम लोन दिइरहेको छ । अब तपाइँले पहिले लोन लिएको बैंकका अधिकारीहरुसँग सल्लाह गरी त्यहाँबाट आफ्नो लोन अर्को बैंकमा ट्रान्सफर गरी कम ब्याजको भार बहन गर्न सक्नुहुनेछ । यसले तपाइँलाई थोरै भए पनि ईएमआई रकम भुक्तानीमा राहत मिल्नेछ ।
५. डाउन पेमेन्ट बढी गर्ने कोसिस गर्नुहोस्
अधिकांश बैंकले अहिले होम लोनअन्तर्गत तपाइँले मागेको कुल रकमको ८० प्रतिशतसम्म होम लोन दिने व्यवस्था गरेका छन् । तर २० प्रतिशतमात्र तपाइँले डाउन पेमेन्ट गर्दा तपाइँलाई आर्थिक भार हुन सक्छ । त्यसैले आर्थिक भार कम गर्न र ईएमआई रकम कम गर्न सकरभर बढी डाउन पेमेन्ट गर्ने कोसिस गर्नुहोस् ।
६. आम्दानी बढाउने कोसिस गर्नुहोस्
यदि तपाइँको ईएमआई रकम बढी छ तर तपाइँको आम्दानी निश्चित छ भने तपाइँले खर्च कटौती गर्न आवश्यक छ । तर बढ्दो महँगीमा खर्च कटौती गरेर पनि तपाइँलाई ईएमआई रकम भर्न समस्या हुन सक्छ । त्यसैले खर्च कटौतीसँगै तपाइँले आफ्नो आम्दानी बढाउने कोसिस पनि गर्नुपर्ने हुन्छ । जस्तै तपाइँ कति जागिर खानुहुन्छ भने त्यति जागिर अन्यत्र अलि धेरै तलबमा पाइन्छ भने जागिर परिवर्तन गर्नुहोस् । वा तपाइँले पार्ट टाइम जागिर खाएर अतिरिक्त रकम आर्जन गर्ने कोसिस गर्नुहोस् । यसले तपाइँको अतिरिक्त आम्दानी बढ्नुका साथै ईएमआई रकम भर्न पनि सजिलो हुनेछ । – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19