काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष पवनकुमार गोल्यानले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा ल्याइएको ४–१२ को व्यवस्थाले पुँजीबजारका साना लगानीकर्ताहरु मर्कामा परेको बताएका छन्।

सिबिफिनले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि पठाएको सुझावका विषयमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गोल्यानले यस्तो धारणा राखेका हुन्। ‘अहिले सेयर बजार निकै चासोको विषय बनेको छ’, उनले भने, ‘४–१२ को नीतिले सेयर बजार समस्यामा परेको छ।’

यो नीति आउँदैछ भन्ने थाहा पाउनेहरुको लगानी अहिले जोखिममा नरहेको गोल्यानले बताए। ‘तर, यही नीतिले साना लगानीकर्ता समस्यामा परेका छन्’, उनले भने।

अब समस्याका कुराहरुमा गरिरहनुभन्दा समाधानतिर लाग्नुपर्ने सुझाव पनि गोल्यानले दिए।