citizens bank internation nepal
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले राजधानीको मीनभवनस्थित निःसहाय सेवा सदन, ज्येष्ठ नागरिक आवास गृहका ४० वृद्धवृद्धालाई भोजनको प्रबन्ध गरेको छ ।
बैंकले स्थापनाकालदेखि नै उक्त आवास गृहमा रहेका ज्येष्ठ नागरिकलाई भोजनको प्रबन्ध गर्दै आएको छ । यसैको निरन्तरता स्वरूप यस वर्ष पनि बैंकले उक्त कार्यक्रम संचालन गरेको हो ।
बैंकले देखाएको यस अग्रसरताले ज्येष्ठ नागरिकको हेरचाहमा टेवा पुग्ने धारणा बैंकले लिएको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम संचालन गर्ने बैंकले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिब तीन लाख पचास हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago