काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले पुस ६ गते शुक्रबार रुपन्देही जिल्लाको योगीकुटी शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।
 
शाखा कार्यालयको उद्घाटन तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले गरेका हुन् ।
 
विकास बैंकको हाल रुपन्देही जिल्लामा मात्रै ६ वटा शाखा कार्यालय संचालनमा रहेका छन । 
 
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखासहित देशभर ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन् । 
 
विकास बैंकले छिट्टै नै पर्साको बीरगञ्ज, चितवनको टाँडी र मिलनचोक, दाङको तुल्सीपुर, बाँकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा समेत शाखा कार्यालय खोल्दैछ ।