काठमाण्डौ । अग्नि ग्रुप भारतकै अग्रणी अटोमाबाइल उत्पादक महिन्द्रा एण्ड महिन्द्राको नेपालका लागि एक मात्र आधिकारिक विक्रेता हो । यसै ग्रुप अन्तर्गतको अग्नि इनर्जी प्रा. लि. ले महिन्द्रा कम्पनीको इ–ट्वान्टी स्पोर्ट्ज बजारमा ल्याएको छ । महिन्द्राले ल्याएको यस दोस्रो इलेक्ट्रिक भेहिकलको प्रारम्भिक मूल्य रु. २६ लाख तोकिएको छ ।
महिन्द्रा इ–ट्वान्टीको स्पोर्ट्स् भेरिएन्ट यस कारमा विभिन्न उपयोगी फिचर्स जस्तै डुअल एयरबैग, ए.बी.एस्., फास्ट चार्जिङ्ग तथा रियर वाइपर रहेका छन् । १२७ किलोमिटरको अतिरिक्त रेञ्जका साथै गाडीमा थप स्टोरेज एरिया पनि उपलब्ध छ । लेदर सिटका साथ प्रिमियम स्टाइलिङ्ग, ब्लोपन्क्ट् इन्फोटेन्मेन्ट सिस्टम तथा स्टियरिङ्ग माउन्टेड अडियो कन्ट्रोल पनि यसमा रहेका छन् । महिन्द्रा इ ट्वान्टी स्पोर्ट्ज १०० किलोमिटर प्रति घण्टाको टप स्पिडदिन सक्षम छ ।
महिन्द्रा इ–ट्वान्टीको अनावरण कार्यक्रममा बोल्दै महिन्द्रा इलेक्ट्रिकका सिइओ महेश बाबुले भने–“इलेक्ट्रिक भेहिकलप्रतिको लोकप्रियता बढ्दै गएको पाएको छु । त्यो दिन टाढा छैन जब इलेक्ट्रिक गाडीहरुले फसिल फ्यूलमा चल्ने गाडीहरुलाई उछिन्ने छन् र सडकमा भारी मात्रामा देखिने छन् । त्यसैले यस बदलावलाई अभैm गति दिन हामीले नेपालमा पनि महिन्द्रा ई ट्वान्टीको अनावरण गरेका हौं र यस गाडीको शक्तिशाली पर्पmमेन्स्, बेजोड् सेफ्टी फिचर्स्का साथ यो छिट्टै नै ग्राहकहरु माझ लोकप्रिय हुने कुरामा म विश्वस्त छु । इलेक्ट्रिक गाडीहरुको पायनियरको रुपमा हामी सफा र स्वच्छ भविष्य बनाउन इलेक्ट्रिक भेहिकलहरु धेरै भन्दा धेरै सुलभ बनाउन प्रतिबद्ध छौं ।”
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago