 
                     
                                Volkswagen
 
                                    काठमाण्डौ । भारतको राष्ट्रिय हरित अधिकरण(एनजीटी)ले त्यहाँ बिक्री भइरहेको डिजल कारमा उत्सर्जन(विषाक्त प्रदूषण) लुकाउने उपकरण प्रयोग गरी पर्यावरणमा क्षति पुर्याएका कारण जर्मनको कार निर्माता कम्पनी भोक्सवेगन(Volkswagen)माथि बिहीबार ५०० करोड भारु जरीवाना तिर्नुपर्ने निर्णय गरेको छ ।
एनजिटीका चेयरम्यान आदर्शकुमार गोयलको अध्यक्षतामा बसेको बैठकले कम्पनीलाई २ महिनाभित्र जरीवाना बापत भारु ५०० करोड सरकारलाई बुझाउन आदेश दिएको हो ।
एनजीटीले सन् २०१८ को १६ नोभेम्बरमै भोक्सवेगनले डिजल कारमा उत्सर्जन नदेखाउने(प्रदूषण लुकाइदिने) उपकरणको प्रयोग गरी पर्यावरणमा गम्भीर क्षति पुर्याएको प्रष्ट पारेको थियो । त्यसबेला एनजिटीले कम्पनीलाई केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डमा १०० करोड भारु बराबरको अन्तरिम नगद राशि बुझाउन आदेश दिएको थियो ।
एनजिटीले त्यसपछि केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड, उद्योग मन्त्रालय, अटोमोटिभ रिसर्च एशोसिएसन अफ इण्डिया र राष्टिय पर्यावरणका अभियन्ताहरुलाई समेत समावेश गरी एक समिति समेत बनाएको थियो । सो समितिले भारतको राजधानी नयाँ दिल्लीमा अत्यधिक नाइटोजन अक्साइडको उत्सर्जनबाट मानिसको स्वास्थ्यमा क्षति पुर्याएका कारण १७१.३४ करोड भारु बराबरको जरीवाना लगाउने सुझाव दिएको थियो ।
त्यसो त कतिपय अधिकारीहरुले भोक्सवेगनका कारहरुले मानव स्वास्थ्यलाई गम्भीर असर गर्ने प्रदूषण अत्यधिक उत्सर्जन गर्ने देखिएको भन्दै सो सवारीको बिक्रीवितरणमै प्रतिबन्धै लगाउनुपर्ने राय समेत पेश गरेका थिए ।
यो कम्पनीले नेपालमा समेत राम्रै व्यापार गरिरहेको छ । तर, नेपाल सरकारले यो कम्पनीबाट उत्पादित कारहरुले नेपालीहरुको स्वास्थ्यमा पुर्याइरहेको गम्भीर क्षतिको विषयमा बेवास्ता गरिरहेका छन् ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19