काठमाण्डौ । प्रोफेसनल दियालो विकास बैंकलाई प्राप्ति(एक्वीजिसन) गरेपछि लक्ष्मी बैंकले आइतबारदेखि एकीकृत बित्तीय कारोबार सुरु गरेको छ । 

एक समारोहका बीच लक्ष्मी बैंकको एकीकृत कारोबार सुुरु भएको हो । यी दुुई संस्थाको एक्वीजिसनका लागि तयार डिडिए रिपोर्टका क्रममा लक्ष्मी बैंकको एकसय कित्ता सेयर बराबर प्रोफेसनलको ५० कित्ता सेयर स्वाप रेसियो कायम भएको थियो । 

२४ करोड चुक्तापूँजी रहेको प्रोफेसनलाई एक्वायर गरेपछि लक्ष्मी बैंकको चुक्तापूूँजी ३ अर्ब २७ करोड पुुगगेको छ । लक्ष्मी बैंकले प्राप्तिपछि कायम हुन आउने चुक्तापँुुजीको सतप्रतिशत हकप्रद दिने यसअघि नै घोषणा गरिसकेको छ । 

प्राप्तिको प्रक्रिया पूरा भई एकीकृत कारोबार सुरु भएपछि लक्ष्मी बैंकको काभ्रेको पाँचखाल र भकुण्डेबेसी, सिन्धुुपाल्चोकको चौतारा, चितवनको हाकिमचौक र पोखराको चिप्लेढुंगामा गरी ५ वटा नयाँ शाखा थपिएका छन् । अब बैंकको कुल शाखा संख्या ६४ पुुगेको छ । अब यो बैंकले २ एक्सटेन्सन काउण्टर, ८० एटीएमबाट सेवा प्रवाह गर्नेछ । यो बैंकले भविष्यमा आफ्नो सेवालाई अझ गुणस्तरीय र सुदृढ पार्ने योजना बनाएको छ ।