काठमाण्डौ । नेपाल राष्ट्रबैंकले वि.सं. २०७६ सालका लागि बैंकिङ विदाको सूचि सार्वजनिक गरेको छ ।
केन्द्रीय बैंकले सोमबार २०७६ सालमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले पाउने विदा वा वित्तीय संस्था बन्द हुने दिनको सूचि सार्वजनिक गरेको हो ।
पहिलो विदा २०७६ साल सुरुवातको दिन बैशाख १ गते राखिएको छ ।
त्यसपछि विश्व मजदूर दिवस, बुद्ध जयन्ती, भोटेजात्रा, गाइजात्रा, हरितालिका तिज, इन्द्रजात्रा, संविधान दिवस, जितिया पर्व लगायतका दिनमा विदा राखिएको छ ।
दशैंका लागि कात्तिक १८ गतेदेखि २२ गतेसम्म(फूलपातीदेखि एकादशीसम्म) विदा दिइनेछ भने दीपावलीको बेला लक्ष्मीपूजादेखि भाइटीकासम्म बैंकहरु विदा हुनेछन् ।
केही क्षेत्रीय विदाहरुलाई समेत केन्द्रीय बैंकले आफ्नो सूचिमा समावेश गरेको छ । जसमा सम्बन्धित क्षेत्रका बैंकहरुको कारोबार मात्र सो दिन बन्द हुनेछ ।
केही विदा जातीयताका आधारमा समेत तय गरिएको छ । विशेष जातको विशेष पर्वमा ती जातजातिसँग सम्बन्धित बैंक कर्मचारीले मात्र विदा पाउने भनिएको छ ।
तर, पछि नेपाल सरकारले घोषणा गर्ने आकस्मिक सार्वजनिक विदाको दिन समेत बैंकहरु विदा हुने बताइएको छ ।
नयाँ वर्षका लागि बैंकिंग विदाको सूचि कस्तो छ त ? हेरौं:
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago