काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बारा र पर्सामा आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट भएको अकल्पनीय जनधनको क्षतिबाट पीडित व्यक्ति तथा प्रभावित परिवारलाई सहयोग गर्ने हेतुले “सिटिजन्स बारा पर्सा हुरी पीडित राहतकोष २०७५” को स्थापना गरेको छ ।

आइतबार राति बारा, पर्सा लगायत तराईका विभिन्न स्थानमा आएको भीषण हावाहुरीबाट प्रभावितका लागि राहत स्वरुप उक्त राहतकोषमा बैंकले रू दस लाखको सहयोग जम्मा गर्ने निर्णय गरेको हो। 

बैंकले गरेको सामाजिक उतरदायीत्वको यो कार्यलाई हातमा हात मिलाउदै पीडितहरुको दुःखको घाउमा मलम लगाउन आर्थिक सहयोग गर्न इच्छुकलाई पायक पर्नेे सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको जुनसुकै शाखा कार्यालयबाट “सिटिजन्स बारापर्सा हुरी पीडित राहतकोष २०७५”को खाता नं ००१०१००००३१६७२०१ मा रकम जम्मा गर्न समेत आह्वान गरेको छ। 

सो खातामा सहयोग गर्नेको नाम, ठेगाना र सहयोग रकम बैंकको वेबसाईट तथा सूचनापाटीमा प्रकाशित गरिने बताइएको छ ।