काठमाण्डौ । नयाँ वित्त वर्षको पहिलो मौद्रिक नीति समीक्षामा भारतको केन्द्रीय बैंक, रिजर्ब बैंक अफ इण्डिया(आरबीआई)ले रिपो रेट घटाएको छ।
आरबीआईले रिपो रेट ०.२५ प्रतिशतले घटाउने घोषणा गरेको हो ।
भारतमा रिपो रेट त्यो दर हो, जसको आधारमा आरबीआईले बैंकहरुलाई ऋण उपलब्ध गराउँछ ।
यसअघि फेब्रुअरीमा पनि आरबीआईले ब्याजदरमा ०.२५ प्रतिशत कटौति गरेको थियो ।
सन् २०१९ मा हालसम्म कुल मिलाएर रिपो दरमा ०.५ प्रतिशतको कटौति भइसकेको छ । जसको सिधा असर होमलोनको इएमआई र ब्याजदरमा पर्नेछ । सिआरआर भने ४ प्रतिशत नै कायम गरिएको भारतीय एजेन्सीहरुले जनाएका छन् ।
सन् २०१७ पछि आरबीआईले ब्याजदरमा धमाधम कटौति गरिरहेको हो । अब रिपो रेट ६.५० प्रतिशतबाट घटाएर ६ प्रतिशतमा सीमित गरिएको छ । अर्थात यसमा २५ आधार अंकको कटौति गरिएको छ ।
के हो रिपो रेट ?
रिपो रेट त्यो हो, जसमा आरबीआईले बैंकहरुलाई कर्जा उपलब्ध गराउँछ । रिपो रेट घटेपछि बैंकहरुले आरबीआईबाट सस्तो दरमा कर्जा प्राप्त गर्छन्, यसको सोझो लाभ बैंकका ग्राहकहरुले पाउनेछन् । रिपो रेट घटेर आएपछि बैंकहरुले पनि कम ब्याजदरमै लोनको अफर गर्नेछन् । यसबाट पुरानोसँगै नयाँ लोन पनि सस्तो हुने भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19