रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुख प्रशासनिक कार्यालयमा एनआईसी एशिया बैंकले विस्तारित काउन्टर सञ्चालनमा ल्याएको छ ।
मुलकमै पहिलोपटक सेवाग्राहीको सुविधाका लागि स्थानीय तहको कार्यालयमैं विस्तारित काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
बैंकको यो ४० औं विस्तारित काउन्टर हो । बैंकका हाल मुलुकभर २८१ शाखा छन् तीमध्ये प्रदेश नं. ५ मा मात्र ५१ वटा शाखा छन् ।
नगरपालिका कार्यालयमा स्थापना गरिएको विस्तारित काउन्टरको एक कार्यक्रमबीच नगर प्रमुख बासुदेव घिमिरेले उद्घाटन गरे ।
त्यसअवसरमा नगर प्रमुख घिमिरेले सेवाग्राहीको सुविधाको लागि नगरपालिकाको आग्रहमा विस्तारित काउन्टर सञ्चालनमा ल्याएकोमा एनआईसी एशिया बैंकप्रति आभार व्यक्त गरे ।
काउन्टर सञ्चालनले अब नगरपालिकामा सेवाग्राहीले बुझाउनु पर्ने रकम बैंकमार्फत् हुने र यसले कार्य व्यवस्थापनमा सहजता ल्याउने नगर प्रमुख घिमिरेको भनाइ छ ।
उप–प्रमुख जागेश्वरी चौधरीले बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनले नगरपालिकाको सेवा प्रभावलाई थप छिटो–छरितो बनाउने विश्वास व्यक्त गरे ।
यस्तै बैंकका प्रादेशिक कार्यालय प्रमुख तिलकसुन्दर कार्कीले तिलोत्तमा निकै संभावना बोकेको नगरपालिका रहेको र नमूना काम गर्दै अघि बढिरहेकाले नगरपालिकासँग सहकार्य गर्दै कार्यालयमैं विस्तारित शाखा सञ्चालनमा ल्याएको जानकारी दिए। उद्घाटनकैं दिनबाट विस्तार काउन्टरमा सेवा सुरु भएको जानकारी गराउँदै उनले नगरपालिकासँग मिलेर अन्य सामाजिक उत्तरदायित्वका काम गर्न बैंक इच्छुक रहेको उल्लेख गरे ।
तिलोत्तमाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले काउण्टर सञ्चालनले नगरपालिकाका काम–कारवाहीलाई ‘क्यासलेस’ बनाउने बताउँदै नगरपालिकाले विस्तारै करहरुसमेत अनलाइनबाट तिर्न मिल्ने गरी काम अघि बढाउन चाहेको उल्लेख गरे । बैंकका दिपक आचार्य,विनोद पोखरेलको लगायतले बोलेका थिए ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19