काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अधिकांश सूचकमा उत्साहजनक प्रगति गरेको छ। 

यो कम्पनीले समीक्षा अवधिमा ४ करोड २८ लाख खूद नाफा आर्जन गरेको हो । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा करिब ८६ प्रतिशतले बढी हो । 

यो कम्पनीले अघिल्लो वर्ष ३ करोड ६२ लाखमा सीमित संचालन मुनाफालाई बढाएर ६ करोड ४६ लाखको उचाईमा पुर्याएको छ ।

व्यवसाय बिस्तारमा ध्यान दिएका कारण कम्पनीको खूद ब्याज आम्दानीतर्फ पनि निकै राम्रो प्रगति भएको छ । अघिल्लो वर्ष ४ करोड ५९ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर यो वर्ष ८ करोड ३४ लाखको उचाईमा पुगेको छ। 

समीक्षा अवधिमा यो कम्पनीले १ अर्ब ६५ करोड सापटी लिएर २ अर्ब २९ करोड बढी कर्जा परिचालन गरेको छ। अघिल्लो वर्षको यही अवधिको तुलनामा सापटीतर्फ ३९.४६ प्रतिशत र कर्जातर्फ ५६.१२ प्रतिशतले प्रगति गरेको देखिएको छ । 

यो कम्पनीले अघिल्लो वर्षको यही अवधिसम्म ११ करोड ६६ लाखमा सीमित रिजर्बको आकार बढाई १४ करोड ७८ लाख पुर्याएको छ ।

अघिल्लो वर्ष ०.०९ प्रतिशतमा सीमित खराब कर्जाको अनुपात बढेर ०.३० प्रतिशत पुगेको छ । 

अघिल्लो वर्षको यही अवधिमा ८.५४ रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी बढेर ९.०१ रुपैयाँ रहेको छ । 

यो अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १२३.३४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४०.०६ गुणा कायम भएको छ।