काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले बैशाख १६ गते सोमबार भक्तपुरको सूर्यविनायक शाखाको औपचारिक उद्घाटन गरेको छ । 
 
नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकश्री भुवन कँडेलले सो शाखाको औपचारिक उद्घाटन गरेका हुन् ।
 
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटासहित देशभर ७६ शाखा र २६ वटा एटीएम संचालनमा छन् । 
 
विकास बैंकले निकट भविष्यमा नै देशका विभिन्न स्थानमा थप १५ शाखा कार्यालय स्थापना गर्दैछ । 
 
विकास बैंकले आर्थिक बर्ष २०७५/७६ को त्रैश्रो त्रेमासको अन्तसम्ममा रु.३० अर्ब ३६ करोड निक्षेप संकलन गरी रु.२६ अर्ब १६ करोड कर्जा लगानी गरेको छ । यो अवधिसम्ममा विकास बैंकले ६६ करोड ६० लाख सञ्चालन मुनाफा आर्जन गरेको छ ।