काठमाण्डौ । एनआइसी एशिया बैंकले बैशाख १६ गते सोमबार पनि दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । 

ग्रामीण तथा दुर्गम स्थानको साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआइसी एशिया बैंकले काठमाण्डौ उपत्यकाभित्र थप २ नयाँ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको हो । 

काठमाडौ महामनगरपालिका वडा नं १४, मेट्रो हल, कुलेश्वर स्थित कुलेश्वर शाखाको उपप्रादेशिक कार्यालय, प्रदेश नं ३ का प्रमुख अमित केसीबाट तथा  काठमाडौं महानगरपालिका वडा नं ३२, कोटेश्वर स्थित कोटेश्वर शाखाको प्रादेशिक कार्यालय,प्रदेश नं ३ का प्रमुख राजेश रावलबाट उद्घाटन भएको हो ।

हाल यो बैंकको देशभर २८१ शाखा, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखा रहित बैंकिङ्ग ईकाईको वृहत सञ्जाल रहेको छ । 

बैंकमा १६ लाखको हाराहारीमा ग्राहक रहेका छन् ।