काठमाण्डौ । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आइपीएस इपेमेन्ट प्रणालीमा मंगलबारदेखि कारोबार शुरु गर्ने गरी प्रोग्र्रेशिभ र सिटी एक्स्प्रेस फाइनान्स समेत आबद्ध भएका छन् ।
ती फाइनान्स कम्पनीहरुका ग्राहकहरुले पनि अब यस प्रणालीको अनलनईन पोर्टल अथवा मोबाईल एप्समार्फत सिधै आफ्नो बैक खाता प्रयोग गरी अनलाईन कारोबार गर्न सक्नेछन् ।
यस प्रणालीमा बैंक तथा फाइनान्स कम्पनीका ग्राहकले आफूलाई एकपटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु प्राप्त गर्न सक्ने व्यवस्था रहेको नेपाल क्लियरिङ हाउसले विज्ञप्तिमार्फत जनाएको छ ।
हाल यस प्रणालीमार्फत् नेपाल सरकारको राजश्व भुक्तानी, लोकसेवा आयोगको परिक्षाशुल्क भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड र अनलोड, सेयर ब्रोकरको भुक्तानी, डिम्याट र मेरो सेयरको नविकरण भुक्तानी गर्न सकिने व्यवस्था रहेकोछ ।
यो प्रणालीमा उपलब्ध पेमेन्ट गेटवे जडान भएका मर्चेन्ट पोर्टलहरुमा समेत भुक्तानी गर्न सक्नेछन् । यसबाट ग्राहकले कारोबार गर्दा अनलाईन पोर्टल मार्फत प्रति कारोबार रु. १ लाखसम्म र मोबाईल एप्स मार्फत प्रति कारोबार रु. ५ हजारसम्मको भुक्तानी कारोबार गर्न सक्ने व्यवस्था रहेको जनाइएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19