काठमाण्डौ । बजेटका आधारमा नेपाल राष्ट्रबैंकले मौद्रिक नीति निर्माणको तयारी थालेको छ ।
राष्ट्रबैंकले आन्तरिक रुपमा बजेटमा आधारित रही मौद्रिक नीति बनाउने कामको तयारीसँगै सर्वसाधारण तथा अन्य सरोकारवालाबाट पनि सुझाव मागेको छ ।
केन्द्रीय बैंकले आइतबार एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०७६/७७ का लागि आफ्ना राय सुझावहरु पठाउन आग्रह गरेको छ ।
मौद्रिक नीतिका लागि सुझाव दिन इच्छुकले राष्ट्रबैंकले उपलब्ध गराएको इमेल ठेगाना र फोन नम्बरमा फोन गरी आफ्नो सुझाव दिन सक्नेछन् ।
राष्ट्रबैंक स्रोतका अनुसार मौद्रिक नीतिसँग अलिक बढी सरोकार राख्नेहरुसँग विभिन्न चरणमा छलफलको कार्यक्रम समेत राखिनेछ ।
सबै क्षेत्रको सुझाव सुनेर सकेसम्म सबै जायज सुझावहरुलाई नीतिमै राख्ने गरी तयारी सुरु गरिएको स्रोत बताउँछ ।
यसपटकको मौद्रिक नीति असार १५ भित्र सार्वजनिक हुने संभावना छ ।
सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेटमार्फत आगामी आर्थिक वर्षमा न्यूनतम साढे ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ । यो अवधिमा मुद्रास्फिति दर अधिकतम ६ प्रतिशतमा सीमित राख्ने सरकारको योजना छ । सरकारको यही लक्ष्यलाई सहयोग पुग्ने गरी केन्द्रीय बैंकले मौद्रिक औजारहरुको परिचालन गरी नीति बनाउनुपर्नेछ ।
मौद्रिक नीतिलाई नेपालको पूँजीबजार र बित्तीय क्षेत्रले चासोपूर्वक हेरिरहेको छ । बजेटले यी दुई क्षेत्रका लागि गरेका केही नयाँ व्यवस्थाहरु मौद्रिक नीतिमार्फत कसरी समेटिन्छन् भन्ने बिषय धेरैका लागि चासोको विषय बनेको छ ।
ठूला बैंकहरुको बिग मर्जर, सेयर बजारमा पूँजीगत लाभकरको घटेको दर, एनआरएनएहरुलाई पूँजीबजारमा भित्र्याउने विषय लगायतका विषयमा सरोकारवालाहरुले विशेष चासो दिएका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago